Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

नेप्से दोहोरो अङ्कले उकालो


१४ चैत्र, काठमाडाैँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज दोहोरो अङ्कको सुधार देखिएको छ । आज परिसूचक १२ दशमलव ४१ अङ्कले बढेर एक हजार नौ सय १८ दशमलव ४१ विन्दुमा कायम भएको हो ।

नेप्सेका अनुसार आज दुई सय ५८ वटा कम्पनीको ४० लाख ७७ हजार सात सय ७८ कित्ता शेयर ३५ हजार नौ सय २६ पटक खरिदबिक्री हुँदा रु एक अर्ब ४४ करोड ३७ लाख १३ हजार आठ सय ७८ बराबरको कारोबार भएको छ ।

आज विकास बैंक, वित्त र निर्जीवन बीमा समूहको उपसूचक क्रमशः ११ दशमलव १४, पाँच दशमलव ४६ र १० दशमलव ३७ अङ्कले घटेको छ भने बाँकी सबै समूहको उपसूचक बढेको छ । आज सबैभन्दा धेरै लघुवित्त समूहको उपसूचक एक सय १५ दशमलव ९१ र उत्पादन समूहको उपसूचक ८१ दशमलव १८ अङ्कले बढेको छ ।

त्यसैगरी, बैंकिङ समूह तीन दशमलव ७६, होटल तथा पर्यटन समूह १३ दशमलव ७६, जलविद्युत् समूह छ दशमलव ३१ र लगानी समूह शून्य दशमलव ६२ अङ्कले बढेको छ । आज जीवन बीमा समूह २९ दशमलव ५८, म्युचुअल फन्ड समूह शून्य दशमलव ३३, व्यापार समूह २२ दशमलव ८३ र अन्य समूह सात दशमलव ६२ अङ्कले बढेको छ ।

सुपर माई हाइड्रोपावर लिमिटेड, सृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेड र एसियन हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गिरावट देखिनेमा तेह्रथुम पावर कम्पनी लिमिटेडको शेयर मूल्य तीन दशमलव १७ प्रतिशतले घटेको छ । कारोबार रकम र शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै आइएमई जनरल इन्सुरेन्स लिमिटेडको रु छ करोड १५ लाख १३ हजार बराबरको एक लाख ५८ हजार एक सय ३३ कित्ता शेयर कारोबार भएको छ ।


प्रकाशित मिति: १४ चैत्र २०७९, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?