Trending
>>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

काभा पुरुष क्लव भलिबल च्याम्पियनसिपः हेल्प नेपालको रोमाञ्चक जित


काठमाडौँ। हेल्प नेपाल स्पोर्ट्स क्लवले घरेलु मैदानमा भएको काभा पुरुष क्लव भलिबल च्याम्पियनसिपमा सुखद् शुरुवात गरेको छ ।

च्याम्पियनसिपको उद्घाटन खेलमा शनिवार हेल्प नेपालले भारतको क्यालिकट हिरोजमाथि ३–२ को सेटमा रोमाञ्चक जित निकाल्दै सुखद् शुरुवात गरेको हो । हेल्प नेपालले सेटमा अग्रता लिँदै त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको च्याम्पियनसिपमा शुुरुवात गरेको थियो । तर हेल्प नेपाल त्यसपछि लगातार दुई सेट गुमाउन पुग्यो । क्यालिकटले दोस्रो सेट २५–२० र तेस्रो सेट २५–२२ ले आफ्नो बनायो । चौथो सेटमा पनि पाहुना टोली म्याच पोइन्टनजिक पुगेको थियो ।

तर, हेल्प नेपालले यहाँबाट उत्कृष्ट पुनरागमन ग¥यो र जित पनि निकाल्यो । चौथो सेट हेल्प नेपाल २६–२४ ले पुनरागमन ग¥यो । निर्णायक सेट पनि हेल्प नेपालले १५–१० ले हराउँदै जितबाट च्याम्पियनसिपको शुरुवात गरेको छ । नेपालसहित चार राष्ट्रका पाँच क्लवले यस च्याम्पियनसिपमा प्रतिष्पर्धा गर्दैछन् ।

नेपालबाट हेल्प नेपाल स्पोर्ट्स क्लव र गण्डकी प्रदेश भलिबल संघले प्रतिष्पर्धा गरिरहेका छन् । शनिवार नै भएको दोस्रो खेलमा गण्डकीले र माल्दिभ्सको क्लव एचडिसीसँग प्रतिष्पर्धा गरिरहेको छ । पहिलो दुई सेटमा गण्डकीले अग्रता पनि लिएको छ ।

आठौं प्रधानमन्त्री कपका शीर्ष दुई टोलीका रूपमा हेल्प नेपाल र गण्डकीले यस च्याम्पियनसिपमा प्रतिष्पर्धा गरेका हुन् । यसबाहेक भारतको क्यालिकट हिरोज, इरानको चादौर मालो र माल्दिभ्सको क्लव एचडिसीले प्रतिष्पर्धा गरिरहेका छन् । च्याम्पियनसिप सिगंल राउण्ड रोबिन लिगका आधार हुनेछन् । लिगका उत्कृष्ट चार टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । सेमिफाइनलमा लिगको शीर्ष टोलीले तेस्रो स्थानको टोली तथा दोस्रो हुने टोलीले चौथो स्थानमा लिग सकाउने टोलीसँग खेल्नेछन् ।

उपाधि भिडन्त आगामी मंसिर २९ गते हुनेछ ।


प्रकाशित मिति: २३ मंसिर २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?