Trending
>>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

काभा पुरुष क्लव भलिबल च्याम्पियनसिपः हेल्प नेपालको रोमाञ्चक जित


काठमाडौँ। हेल्प नेपाल स्पोर्ट्स क्लवले घरेलु मैदानमा भएको काभा पुरुष क्लव भलिबल च्याम्पियनसिपमा सुखद् शुरुवात गरेको छ ।

च्याम्पियनसिपको उद्घाटन खेलमा शनिवार हेल्प नेपालले भारतको क्यालिकट हिरोजमाथि ३–२ को सेटमा रोमाञ्चक जित निकाल्दै सुखद् शुरुवात गरेको हो । हेल्प नेपालले सेटमा अग्रता लिँदै त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको च्याम्पियनसिपमा शुुरुवात गरेको थियो । तर हेल्प नेपाल त्यसपछि लगातार दुई सेट गुमाउन पुग्यो । क्यालिकटले दोस्रो सेट २५–२० र तेस्रो सेट २५–२२ ले आफ्नो बनायो । चौथो सेटमा पनि पाहुना टोली म्याच पोइन्टनजिक पुगेको थियो ।

तर, हेल्प नेपालले यहाँबाट उत्कृष्ट पुनरागमन ग¥यो र जित पनि निकाल्यो । चौथो सेट हेल्प नेपाल २६–२४ ले पुनरागमन ग¥यो । निर्णायक सेट पनि हेल्प नेपालले १५–१० ले हराउँदै जितबाट च्याम्पियनसिपको शुरुवात गरेको छ । नेपालसहित चार राष्ट्रका पाँच क्लवले यस च्याम्पियनसिपमा प्रतिष्पर्धा गर्दैछन् ।

नेपालबाट हेल्प नेपाल स्पोर्ट्स क्लव र गण्डकी प्रदेश भलिबल संघले प्रतिष्पर्धा गरिरहेका छन् । शनिवार नै भएको दोस्रो खेलमा गण्डकीले र माल्दिभ्सको क्लव एचडिसीसँग प्रतिष्पर्धा गरिरहेको छ । पहिलो दुई सेटमा गण्डकीले अग्रता पनि लिएको छ ।

आठौं प्रधानमन्त्री कपका शीर्ष दुई टोलीका रूपमा हेल्प नेपाल र गण्डकीले यस च्याम्पियनसिपमा प्रतिष्पर्धा गरेका हुन् । यसबाहेक भारतको क्यालिकट हिरोज, इरानको चादौर मालो र माल्दिभ्सको क्लव एचडिसीले प्रतिष्पर्धा गरिरहेका छन् । च्याम्पियनसिप सिगंल राउण्ड रोबिन लिगका आधार हुनेछन् । लिगका उत्कृष्ट चार टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । सेमिफाइनलमा लिगको शीर्ष टोलीले तेस्रो स्थानको टोली तथा दोस्रो हुने टोलीले चौथो स्थानमा लिग सकाउने टोलीसँग खेल्नेछन् ।

उपाधि भिडन्त आगामी मंसिर २९ गते हुनेछ ।


प्रकाशित मिति: २३ मंसिर २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?