Trending
>>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ >>   आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याउछौँः वामदेव गौतम >>   ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र >>   देशको खाद्य सुरक्षा कायम गर्न सरकार लागिपरेको छः मन्त्री परियार >>   क्रान्तीकारी विकास आजको आवश्यकताः हर्क साम्पाङ >>   ओलीले महाविधेशन पञ्चायतको गाँउ फर्क शैलीमा गर्न खोजिरहेका छन्ः उपाध्यक्ष पाण्डे >>   तन्त्रमन्त्र गरी दुःख दिएको भन्दै हत्या >>   संक्रमणकालीन न्याय प्रक्रिया टुंग्याउनु आजको प्रमुख आवश्यकताः गृहमन्त्री अर्याल >>   सुशासन कमजोर भए भ्रष्टाचार मौलाउँछः अध्यक्ष मगर
Logo
२२ मंसिर २०८२, सोमबार
२२ मंसिर २०८२, सोमबार

एनपिएलः पोखराको दोस्रो हार, जनकपुरको तेस्रो जित


काठमाडौँ। पोखरा एभेन्जर्सलाई सात विकेटले हराउँदै जनकपुर बोल्ट्सले सिद्धार्थ बैक नेपाल प्रिमियर लिग एनपिएलमा लगातार तेस्रो जित हात पारेको छ ।

यो पोखराको भने लगातार दोस्रो हार हो । जितको लागि १३९ रनको लक्ष्य पछ्याएको जनकपुरले १७ ओभर १ बलमा ३ विकेटको नोक्शानीमा लक्ष्य पूरा गर्यो । ओपनर अनिल साह १ रनमा विपिन खत्रीको बलमा एलबिडब्लु धरापमा परे । यतिखेर जनकपुरले मात्र १० रन बनाएको थियो ।

यसपछि आशिफ शेख र लाहिरू मिलान्थाले दोस्रो विकेटको लागि ७२ रनको साझेदारी गरे । लाहिरू मालिन्था ४५ रन जोड्दै आउट हुँदा अर्धशतकबाट ५ रनले चुके । उनले ३२ बलको सामना गर्दै ८ चौका प्रहार गरे । तेस्रो विकेटको रूपमा आसिफ शेख ३३ रन जोडेर कुशल भुर्तेलको बलमा विपिन खत्रीद्वारा क्याच आउट भए । यसपछि जेम्स निसमले विस्फोटक ब्याटिङ गर्दै जनकपुरलाई सहज जित दिलाए । उनले १६ औं ओभरमा मार्कस क्रिच्लेको बलमा तीन छक्का प्रहार गर्दै सो ओभरमा जनकपुरले २० रन बनायो । यसपछि १८ औं ओभरको पहिलो बलमा छक्का प्रहार गर्दै जनकपुरलाई सात विकेटको जित दिलाए । उनले २० बलमा ५ छक्कासहित अविजित ४० रनको उत्कृष्ट पारी खेले ।

यसअघि पहिले ब्याटिङ गरेको पोखरा एभेन्जर्सले २० ओभरमा ७ विकेट गुमाउँदै १३८ रन मात्र बनायो। पोखराका कुनैपनि खेलाडीहरूले ठूलो रन जोड्न सकेनन् । उसको लागि मार्कस क्रिच्लेले सर्वाधिक ३५रन बनाए । माइकल लिस्कले २५ र एन्ड्रीज गाउसले २० रन जोडे। कप्तान कुशल भुर्तेल आज पनि क्रिजमा टिक्न सकेनन। उनले मात्र ६ रन बनाए । बलिङमा ललित राजवंशीले ४ ओभर बलिङ गर्दै ३१ रन खर्चेर ३ विकेट लिए । जारी प्रतियोगितामा उनको यो सातौं विकेट हो। जेम्स निशमले २ विकेट झारे ।

लगातारको तेस्रो जितमा जनकपुरले ६ अंक बनाएको छ । जनकपुरले यसअघि बिराटनगर किंग्स र कर्णाली याक्सलाई समान ८ विकेटले हराएको थियो । दोस्रो खेलमा पनि अंकको खाता खोल्न सकेको छैन । पोखरा पहिलो खेलमा चितवन राइनोजसँग ८७ रनले पराजित भएको थियो ।


प्रकाशित मिति: २० मंसिर २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?