Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

एनपिएलः पोखराको दोस्रो हार, जनकपुरको तेस्रो जित


काठमाडौँ। पोखरा एभेन्जर्सलाई सात विकेटले हराउँदै जनकपुर बोल्ट्सले सिद्धार्थ बैक नेपाल प्रिमियर लिग एनपिएलमा लगातार तेस्रो जित हात पारेको छ ।

यो पोखराको भने लगातार दोस्रो हार हो । जितको लागि १३९ रनको लक्ष्य पछ्याएको जनकपुरले १७ ओभर १ बलमा ३ विकेटको नोक्शानीमा लक्ष्य पूरा गर्यो । ओपनर अनिल साह १ रनमा विपिन खत्रीको बलमा एलबिडब्लु धरापमा परे । यतिखेर जनकपुरले मात्र १० रन बनाएको थियो ।

यसपछि आशिफ शेख र लाहिरू मिलान्थाले दोस्रो विकेटको लागि ७२ रनको साझेदारी गरे । लाहिरू मालिन्था ४५ रन जोड्दै आउट हुँदा अर्धशतकबाट ५ रनले चुके । उनले ३२ बलको सामना गर्दै ८ चौका प्रहार गरे । तेस्रो विकेटको रूपमा आसिफ शेख ३३ रन जोडेर कुशल भुर्तेलको बलमा विपिन खत्रीद्वारा क्याच आउट भए । यसपछि जेम्स निसमले विस्फोटक ब्याटिङ गर्दै जनकपुरलाई सहज जित दिलाए । उनले १६ औं ओभरमा मार्कस क्रिच्लेको बलमा तीन छक्का प्रहार गर्दै सो ओभरमा जनकपुरले २० रन बनायो । यसपछि १८ औं ओभरको पहिलो बलमा छक्का प्रहार गर्दै जनकपुरलाई सात विकेटको जित दिलाए । उनले २० बलमा ५ छक्कासहित अविजित ४० रनको उत्कृष्ट पारी खेले ।

यसअघि पहिले ब्याटिङ गरेको पोखरा एभेन्जर्सले २० ओभरमा ७ विकेट गुमाउँदै १३८ रन मात्र बनायो। पोखराका कुनैपनि खेलाडीहरूले ठूलो रन जोड्न सकेनन् । उसको लागि मार्कस क्रिच्लेले सर्वाधिक ३५रन बनाए । माइकल लिस्कले २५ र एन्ड्रीज गाउसले २० रन जोडे। कप्तान कुशल भुर्तेल आज पनि क्रिजमा टिक्न सकेनन। उनले मात्र ६ रन बनाए । बलिङमा ललित राजवंशीले ४ ओभर बलिङ गर्दै ३१ रन खर्चेर ३ विकेट लिए । जारी प्रतियोगितामा उनको यो सातौं विकेट हो। जेम्स निशमले २ विकेट झारे ।

लगातारको तेस्रो जितमा जनकपुरले ६ अंक बनाएको छ । जनकपुरले यसअघि बिराटनगर किंग्स र कर्णाली याक्सलाई समान ८ विकेटले हराएको थियो । दोस्रो खेलमा पनि अंकको खाता खोल्न सकेको छैन । पोखरा पहिलो खेलमा चितवन राइनोजसँग ८७ रनले पराजित भएको थियो ।


प्रकाशित मिति: २० मंसिर २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?