Trending
>>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह
Logo
१२ आश्विन २०८३, सोमबार
१२ आश्विन २०८३, सोमबार

अमेरिकी विद्यालय गोली प्रकरण : ३ बालबालिका सहित ६ जनाको मृत्यु


१४ चैत्र, एजेन्सी । यहाँस्थित एक प्राथमिक विद्यालयमा भएको गोलीकाण्डमा तीन जना बालबालिकासहित छ जनाको मृत्यु भएको छ । यहाँको कोभिन्ट प्राथमिक विद्यालयका पूर्वविद्यार्थीले गोली चलाएको प्रहरीको अनुमान छ ।

आक्रमणमा नौ वर्षका तीन जना बालबालिका तथा ६० वर्षभन्दा माथिका तीन जना शिक्षक मारिएका प्रहरीले जनाएको छ । आक्रमणकारी २८ वर्षीय अड्रे हेललाई पनि प्रहरीले कारबाहीमा मारेको छ ।

तीन देखि ११ वर्षका बालबालिकालाई पढाइने उक्त विद्यालय निजी क्षेत्रबाट सञ्चालित क्रिश्चियन स्कूल हो ।

गोलीकाण्डपछि विद्यालयले एक विज्ञप्ति जारी गर्दै विद्यालय परिवार स्तब्ध भएको जनाएको छ । “हामी अकल्पनीय क्षतिको शोकमा छौँ, हाम्रो पाठशाला र गिर्जाघर चकनाचुर भएको छ, हामी हाम्रा छात्रछात्रा, शिक्षक र कर्मचारीको कल्याणमा केन्द्रित छौँ,” विज्ञप्तिमा भनिएको छ ।

गत वर्ष टेक्सासको उभाल्डेमा रहेको एउटा प्राथमिक विद्यालयमा भएको आम नरसंहारको घटना सेलाउन नपाउँदै भर्जिनियाको अर्को विद्यालयका कक्षा एकमा पढ्ने बालकले आफ्नै शिक्षिकामाथि गोली प्रहार गरेका थिए । गत साता डेनभरमा पनि विद्यालयमा भएको गोलीकाण्डमा दुई जना घाइते भएका थिए ।

आएको एक अमेरिकी संस्थाका अनुसार सन् २०२३ प्रारम्भ भए यता एक सय २९ वटा गोलीकाण्ड भइसकेका छन् जसमा चार जनाभन्दा बढीको ज्यान गएको छ ।

यसैबीच, गोलीकाण्डबाट आहत हुनुभएका राष्ट्रपति जो बाइडेनले बन्दुक हिंसाविरुद्धको अभियानलाई पूर्णता दिन अमेरिकी विधायकलाई पुनः आह्वान गरेका छन् ।


प्रकाशित मिति: १४ चैत्र २०७९, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?