Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

खेल जीवनमा हार हुन्छ, अब माथि उठ्छौँः सन्दीप लामिछाने


काठमाडौँ । विराटनगर किङ्सका कप्तान सन्दीप लामिछानेले बलिङमा राम्रो शुरुवातका बाबजुद त्यसलाई सदुपयोग गर्न नसक्दा कठिन नतिजा आएको बताएका छन्।

सुदूरपश्चिम रोयल्ससँगको फराकिलो हारपछि कप्तान सन्दीपले आफूमाथि रहेको आशा र आफ्नो लक्ष्यअनुरूप बलिङ गर्न नसकेको उल्लेख गरे । तर खेलजीवनमा हार हुने र यहाँबाट माथि उठ्ने उनको विश्वास छ । उनले यो हारका कारण धेरै दबाबमा नरहे पनि जितबाट प्राप्त हुने खुशी भने टोलीमा नभएको उल्लेख गर्दै उनले घरेलु खेलाडीले प्रयास गर्दा पनि राम्रो नतिजा नआएकाले उनीहरूमाथि आरोप लगाउन नहुने बताए । उनले दुई खेलमा विकेट नआउनु धेरै ठूलो कुरा नरहेको धारणा राखे ।

खेलमा कहिले कहीँ यस्तो हुने र यसलाई धेरै ठूलो कुरा लिन नहुनले पनि उनको भनाइ छ । दुई खेलमा १० विकेट आउँदा कसरी आयो भनेर कसैले नसोध्ने तर विकेट आएन भने धेरै प्रश्न उठ्ने गरेको बताउदै उनले योजनाअनुरूप नतिजा नआउने भएपनि त्यहाँको कन्डिसनअनुसार अगाडि बढ्नुपर्ने धारणा राखेका छन् ।
सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले विकेट हेर्दा सहज नदेखिए पनि टोलीले ब्याटिङमा राम्रो प्रदर्शन भएको बताए । पहिलो खेलमा जित सम्भव भएको र अब आगामी खेलमा ध्यान दिने उनले उल्लेख गरे । आफ्नो टोलीले १५० रनभन्दा बढीको लक्ष्य सोचेको र सोअनुरूप ब्याटिङ भएको पनि उनको भनाइ छ । उनले टोलीमा तलसम्म राम्रो ब्याटिङ गर्नसक्ने खेलाडी रहेको बताएका छन् ।


प्रकाशित मिति: १८ मंसिर २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?