Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१२ माघ २०८२, सोमबार
१२ माघ २०८२, सोमबार

खेल जीवनमा हार हुन्छ, अब माथि उठ्छौँः सन्दीप लामिछाने


काठमाडौँ । विराटनगर किङ्सका कप्तान सन्दीप लामिछानेले बलिङमा राम्रो शुरुवातका बाबजुद त्यसलाई सदुपयोग गर्न नसक्दा कठिन नतिजा आएको बताएका छन्।

सुदूरपश्चिम रोयल्ससँगको फराकिलो हारपछि कप्तान सन्दीपले आफूमाथि रहेको आशा र आफ्नो लक्ष्यअनुरूप बलिङ गर्न नसकेको उल्लेख गरे । तर खेलजीवनमा हार हुने र यहाँबाट माथि उठ्ने उनको विश्वास छ । उनले यो हारका कारण धेरै दबाबमा नरहे पनि जितबाट प्राप्त हुने खुशी भने टोलीमा नभएको उल्लेख गर्दै उनले घरेलु खेलाडीले प्रयास गर्दा पनि राम्रो नतिजा नआएकाले उनीहरूमाथि आरोप लगाउन नहुने बताए । उनले दुई खेलमा विकेट नआउनु धेरै ठूलो कुरा नरहेको धारणा राखे ।

खेलमा कहिले कहीँ यस्तो हुने र यसलाई धेरै ठूलो कुरा लिन नहुनले पनि उनको भनाइ छ । दुई खेलमा १० विकेट आउँदा कसरी आयो भनेर कसैले नसोध्ने तर विकेट आएन भने धेरै प्रश्न उठ्ने गरेको बताउदै उनले योजनाअनुरूप नतिजा नआउने भएपनि त्यहाँको कन्डिसनअनुसार अगाडि बढ्नुपर्ने धारणा राखेका छन् ।
सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले विकेट हेर्दा सहज नदेखिए पनि टोलीले ब्याटिङमा राम्रो प्रदर्शन भएको बताए । पहिलो खेलमा जित सम्भव भएको र अब आगामी खेलमा ध्यान दिने उनले उल्लेख गरे । आफ्नो टोलीले १५० रनभन्दा बढीको लक्ष्य सोचेको र सोअनुरूप ब्याटिङ भएको पनि उनको भनाइ छ । उनले टोलीमा तलसम्म राम्रो ब्याटिङ गर्नसक्ने खेलाडी रहेको बताएका छन् ।


प्रकाशित मिति: १८ मंसिर २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?