Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

इयु हतियार कोषबाट पोल्याण्डले ३० करोड युरो पाउने


१४ चैत्र, एजेन्सी। युरोपेली सङ्घ (इयु)को हतियार कोषबाट पोल्याण्डले तीस करोड युरो प्राप्त गर्ने भएको छ । युक्रेनलाई सैन्य उपकरण उपलव्ध गराएको पोल्याण्डलाई शोधभर्नास्वरुप कोषबाट उक्त रकम प्राप्त हुन लागेको हो ।

सङ्घको हतियार कोषबाट देशलाई तीस करोड युरो क्षतिपूर्तिस्वरुप प्राप्त हुने पोल्याण्डका प्रधानमन्त्री माटेउज मोराविकीले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

पोल्याण्डले युक्रेनलाई सोभियत युगका टी–७२ ट्याङ्कका साथै गोलाबारुद स्वचालित रूपमा भर्ने उपकरण प्रदान गरेको छ । हालै वार्साले किएभलाई चार वटा मिग–२९ लडाकु विमान पनि हस्तान्तरण गर्ने निर्णय गरेको छ ।

हालसम्म सङ्घमा आवद्ध कुनै पनि मुलुकले यति ठूलो परिमाणमा हातहतियार र उपकरण युक्रेनलाई उपलव्ध गराएका छैनन् ।


प्रकाशित मिति: १४ चैत्र २०७९, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?