Trending
>>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

बस ठोक्किँदा कम्तीमा ९ जनाको मृत्यु


१४ चैत्र, एजेन्सी।  घानाको पूर्वी क्षेत्रमा दुईवटा बस एकापसमा ठोक्किँदा कम्तीमा नौ जनाको मृत्यु भएको छ।

घाना नेशनल फायर सर्भिसका पूर्वी क्षेत्रीय डिभिजन कमाण्डर जेनिफर ना यार्ली क्वेले सिन्ह्वालाई बताएअनुसार यात्रुवाहाक बस विपरीत दिशामा जाँदै गरेको अर्को बससँग आइतबार अक्रा-कुमासी राजमार्गको बोन्सु नजिकै एकआपसमा ठोक्किदा उक्त दुर्घटना भएको हो ।

सो दुर्घटनामा दुई महिला र सात पुरुषसहित नौ जनाको घटनास्थलमै मृत्यु भएको घाना प्रहरी सेवाका अधिकारीहरूले बताएका छन् । त्यसैगरी घाइते भएका ११ जनालाई उद्धार गरी राजमार्गबाट किबीको सरकारी अस्पताल पुर्याइएको छ । मृतकको शव पनि पहिचान हुन बाँकी छ ।
दुर्घटनाको कारणबारे अनुसन्धान जारी छ ।


प्रकाशित मिति: १४ चैत्र २०७९, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?