Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

अफगानिस्तानको परराष्ट्र मन्त्रालय नजिकै बम विस्फोट, छ जनाको मृत्यु


१४ चैत्र, एजेन्सी। अफगानिस्तानको विदेश मन्त्रालयतर्फ जाने सुरक्षा चौकी नजिकै सोमबार भएको आत्मघाती आक्रमणमा कम्तीमा छ जना सर्वसाधारणको मृत्यु हुनाका साथै तीन तालिबानी सुरक्षा बलका कर्मचारीहरू सहित अन्य धेरै थुप्रै घाइते भएका छन् ।

काबुलको मलिक अजगर स्क्वायरमा रहेको सुरक्षा जाँच चौकी नजिकै विस्फोट भएको काबुल सुरक्षा विभागका प्रवक्ता खालिद जाद्रानले बताएका छन्। सोमबारको घटना खाजा समयको वरिपरि भएको थियो ।

खामा प्रेसका अनुसार परराष्ट्र मन्त्रालयका कर्मचारी आफ्नो कार्यालयबाट निस्कने क्रममा विस्फोट भएको हो ।

“मलिक अजगर स्क्वायरमा … आत्मघाती आक्रमणकारीलाई चेक पोइन्टमा नपुग्दै पहिचान गरी मारिएको थियो, तर उसको विस्फोटक पदार्थ विस्फोट भयो,” काबुलका प्रहरी प्रवक्ता खालिद जद्रानले भनेका छन् । उनले तालिबान सुरक्षा बलका तीन सदस्यसहित कैयौँ व्यक्ति घाइते भएको पनि बताएका छन् ।

यसअघि प्रत्यक्षदर्शीहरूले टोलो न्यूजलाई दाउदजाई ट्रेड सेन्टर नजिकै परराष्ट्र मन्त्रालयको सडकमा विस्फोट भएको पुष्टि गर्दै यसलाई ठूलो विस्फोटको रूपमा लिएका छन् । काबुलको आपतकालीन एनजीओले ट्विटरमा आज दिउँसो परराष्ट्र मन्त्रालय नजिकै भएको विस्फोटबाट १२ जना घाइते भएको जानकारी दिएको छ । विष्फोटमा परी घाइते हुनेमा एक बालक समेत रहेको बताइएको छ ।

तालिबान अधिकारीहरूले अहिलेसम्म यस घटना बारे कुनै टिप्पणी गरेका छैनन् । अहिलेसम्म कसैले पनि आक्रमणको जिम्मेवारी भने लिएको छैन।
काबुल र अन्य शहरी क्षेत्रहरू पछिल्ला महिनाहरूमा धेरै आक्रमणका घटना बढेका छन् जसमध्ये केही इस्लामिक स्टेट लडाकुहरूले त्तसको जिम्मा लिएका छन्।

जनवरीमा भएको विस्फोटमा परराष्ट्र मन्त्रालयमा कम्तिमा पाँच व्यक्तिको मृत्यु भएको थियो र थुप्रै घाइते भएका थिए ।


प्रकाशित मिति: १४ चैत्र २०७९, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?