Trending
>>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह
Logo
१२ आश्विन २०८३, सोमबार
१२ आश्विन २०८३, सोमबार

मलेसियाका प्रधानमन्त्री ली साताव्यापी चीन भ्रमणमा


१४ चैत्र, एजेन्सी। मलेसियाका प्रधानमन्त्री ली सिएन लुङ आफ्नी पत्नी र ५० सदस्यीय प्रतिनिधिमण्डलको साथ चीन भ्रमणका क्रममा सोमबार ग्वाङ्झाउ पुगेका छन् ।

उनि श्रीमती म्याडम हो चिङ र करिब ५० सिङ्गापुर अधिकारी सम्मिलित प्रतिनिधिमण्डलको साथमा दिउँसो करिब १२ बजे गुआन्झाउ बाईयुन अन्तरराष्ट्रिय विमानस्थ अवतरण गरेका हुन् । मलेसियाका प्रधानमन्त्री र उनको प्रतिनिधिमण्डललाई ग्वाङ्डोङका उप–गभर्नर झाङ जिन, सिङ्गापुरका लागि चिनियाँ राजदूत सुन हाइयान, ग्वाङ्डोङ विदेश मामिला कार्यालयका महानिर्देशक लिउ चेन्जी र ग्वाङ्झाउका उपमेयर तान पिङले स्वागत गरेका थिए ।

ग्वाङ्डोङ प्रान्तको दक्षिणी सहर ग्वाङ्झाउ लीको चीन भ्रमणको पहिलो विन्दु हो । उनको सम्मानमा ग्वाङ्डोङ पार्टीका सचिव ह्वाङ कुनमिङले दिवाभोजको आयोजना गर्ने ग्वाङ्झाउमा सिङ्गापुरवासीहरूसँग भेटघाट गर्नेछन् ।

प्रधानमन्त्री लीले बेइजिङ जानुअघि हाइनानमा बोआओ फोरम फर एसियाको वार्षिक सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ । उनले राष्ट्रपति सी चिनफिङ र नवनियुक्त प्रधानमन्त्री ली छ्याङलाई भेट्ने कार्यक्रम छ ।

प्रधानमन्त्री लीले नेशनल पिपुल्स कङ्ग्रेसका अध्यक्ष झाओ लेजी, चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलनका अध्यक्ष वाङ हुनिङ र बेइजिङ पार्टीका सचिव यिन लीसँग पनि भेट गर्नेछन् ।

उनिसँगै भ्रमणमा परराष्ट्रमन्त्री भिभियन बालकृष्णन, व्यापार तथा उद्योगमन्त्री गान किम योङ, स्वास्थ्यमन्त्री ओङ ये कुङ, परराष्ट्र तथा राष्ट्रिय विकास राज्यमन्त्री सिम एन र स्वास्थ्य तथा कानुनका वरिष्ठ संसदीय सचिव राहु महजाम सहभागी छन् ।

यस अघि सिङ्गापुरका प्रधानमन्त्रीको पछिल्लो पटक चीन भ्रमण अप्रिल २०१९ मा भएको थियो ।


प्रकाशित मिति: १४ चैत्र २०७९, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?