Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

पारा खेलाडीको योगदानकै कारण पहिलोपल्ट पारा खेलकुद गर्दैछौं : घिसिङ


काठमाडौँ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले नेपाली खेलकुदमा पारा खेलाडीले दिलाउँदै आएको ऐतिहासिक योगदानलाई मध्यनजर गर्दै पहिलोपल्ट पारा राष्ट्रिय खेलकुदको गर्न लागिएको बताएका छन् ।

आईतवारको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा राखेप सदस्यसचिव घिसिङले पारा खेलाडीको योगदानका कारण पहिलोपल्ट वृहत पारा खेलकुदको परिकल्पना गरिएको बताए । तथापि उनले पहिलोपल्ट हुन लागेको पारा खेलकुदमा सिमित खेल प्रतिष्पर्धा मात्र हुने प्रष्ट पारेका छन् । प्रश्तावित बजेटभन्दा कम निकासा भएपनि पारा खेलकुदको आवश्यकता देखेर यसको शुरुवात गर्न लागिएको उनको भनाइ छ ।

राखेप सदस्यसचिव घिसिङले सातै प्रदेश खेलकुद परिषद्ले जिल्लामा र प्रदेशमा खेलकुद गतिविधि गर्दै आएकाले खेलक्षेत्रमा संघीयता पूर्ण रूपमा लागू भएको स्पष्ट पार्दै समितिको बैठकमा बोल्दै घिसिङले कर्णाली प्रदेशले अन्य प्रदेशको तुलनामा कम श्रोत साधानमा भएपनि खेलकुद क्षेत्रका लागि राम्रो लगानी गर्दै आएको बताए । उनले आगामी दशौं राष्ट्रिय खेलकुद आयोजना गर्न सरकारले ६० करोड बजेट तय भएपनि उक्त खेल आयोजना गर्न राखेपको बोर्ड बैठक आवश्यक रहेको उल्लेख गरे । तर युवा तथा खेलकुदमन्त्री नै राखेपको अध्यक्ष हुने र मन्त्रीको निर्देशनमा मात्र बैठक बस्न पाउने कानून व्यवस्था रहेको राखेपका सदस्यसचिव घिसिङले प्रष्ट पारे । यद्यपि लामो समयदेखि बोर्ड बैठक बस्न नसक्दा मंसिर २ गते निर्धारण गरिएको दशौं राष्ट्रिय खेलकुद आयोजना गर्न नसकिएको राखेप सदस्यसचिव घिसिङको भनाइ छ ।

गत शुक्रवार मात्र १४ महिनापछि बोर्ड बैठक तय गरिएको थियो । तर उक्त बैठक गणपूरक नभएको उहाँको भनाइ छ । उक्त बैठकमा आवश्यक रहेको दुई सदस्य अनुपस्थित थिए । जुन मन्त्रालयकै सचिव र सहसचिव हुन् । यद्यपि, उनले अबको बैठकमा अहिले उपस्थितिको ३३ प्रतिशत मात्र सदस्य आवश्यक भएकाले राष्ट्रिय खेलकुद आयोजनाको बाटो खुल्ने विश्वास व्यक्त गरेका छन्।


प्रकाशित मिति: १६ मंसिर २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?