Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

पारा खेलाडीको योगदानकै कारण पहिलोपल्ट पारा खेलकुद गर्दैछौं : घिसिङ


काठमाडौँ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले नेपाली खेलकुदमा पारा खेलाडीले दिलाउँदै आएको ऐतिहासिक योगदानलाई मध्यनजर गर्दै पहिलोपल्ट पारा राष्ट्रिय खेलकुदको गर्न लागिएको बताएका छन् ।

आईतवारको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा राखेप सदस्यसचिव घिसिङले पारा खेलाडीको योगदानका कारण पहिलोपल्ट वृहत पारा खेलकुदको परिकल्पना गरिएको बताए । तथापि उनले पहिलोपल्ट हुन लागेको पारा खेलकुदमा सिमित खेल प्रतिष्पर्धा मात्र हुने प्रष्ट पारेका छन् । प्रश्तावित बजेटभन्दा कम निकासा भएपनि पारा खेलकुदको आवश्यकता देखेर यसको शुरुवात गर्न लागिएको उनको भनाइ छ ।

राखेप सदस्यसचिव घिसिङले सातै प्रदेश खेलकुद परिषद्ले जिल्लामा र प्रदेशमा खेलकुद गतिविधि गर्दै आएकाले खेलक्षेत्रमा संघीयता पूर्ण रूपमा लागू भएको स्पष्ट पार्दै समितिको बैठकमा बोल्दै घिसिङले कर्णाली प्रदेशले अन्य प्रदेशको तुलनामा कम श्रोत साधानमा भएपनि खेलकुद क्षेत्रका लागि राम्रो लगानी गर्दै आएको बताए । उनले आगामी दशौं राष्ट्रिय खेलकुद आयोजना गर्न सरकारले ६० करोड बजेट तय भएपनि उक्त खेल आयोजना गर्न राखेपको बोर्ड बैठक आवश्यक रहेको उल्लेख गरे । तर युवा तथा खेलकुदमन्त्री नै राखेपको अध्यक्ष हुने र मन्त्रीको निर्देशनमा मात्र बैठक बस्न पाउने कानून व्यवस्था रहेको राखेपका सदस्यसचिव घिसिङले प्रष्ट पारे । यद्यपि लामो समयदेखि बोर्ड बैठक बस्न नसक्दा मंसिर २ गते निर्धारण गरिएको दशौं राष्ट्रिय खेलकुद आयोजना गर्न नसकिएको राखेप सदस्यसचिव घिसिङको भनाइ छ ।

गत शुक्रवार मात्र १४ महिनापछि बोर्ड बैठक तय गरिएको थियो । तर उक्त बैठक गणपूरक नभएको उहाँको भनाइ छ । उक्त बैठकमा आवश्यक रहेको दुई सदस्य अनुपस्थित थिए । जुन मन्त्रालयकै सचिव र सहसचिव हुन् । यद्यपि, उनले अबको बैठकमा अहिले उपस्थितिको ३३ प्रतिशत मात्र सदस्य आवश्यक भएकाले राष्ट्रिय खेलकुद आयोजनाको बाटो खुल्ने विश्वास व्यक्त गरेका छन्।


प्रकाशित मिति: १६ मंसिर २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?