Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१५ माघ २०८२, बिहीबार
१५ माघ २०८२, बिहीबार

तीन दशकपछि चैतेदशैँ मेला


१४ चैत्र, कुश्मा। कुश्मा नगरपालिका–१२ बाटुलेचौर स्थित कालिका मन्दिरमा तीन दशकपछि चैतेदेशैँ मेला लागेको छ । ऐतिहासिक, धार्मिक तथा पुरातात्विक महत्वको सो मन्दिर परिसरमा चैत्राष्टमीका अवसरमा मेला लागेको हो । चैतेदशैँ मेलालाई वडा कार्यालयले पुनःजागरण गर्दै यस वर्षदेखि पुनः सुरुआत गरेको हो । चैतेदशैँ अवधिभर मन्दिरमा पूजाआजा, बलि दिने, भजनकीर्तनलगायतका कार्यक्रम सुरु भएको वडाध्यक्ष झलक रिमालले जानकारी दिए ।

राजा दशरथले आफ्ना भाञ्जा श्रवणकुमारको हत्या गरेको पाप मोचन गर्न बाटुलेचौरमा आएर अश्वमेध यज्ञ गरेको र सोही समयदेखि सो स्थानमा पूजाआजा तथा मन्दिरको निर्माण गरिएको स्थानीयवासीको भनाइ छ । भृगु ऋषिको तपस्या स्थलसमेत मानिने सो ठाउँमा रहेका विभिन्न सम्पदाको समेत संरक्षण नहुँदा चोरी भएका छन् ।

पछिल्लो समय मन्दिरको संरक्षण र संवद्र्धनमा व्यवस्थापन समितिले समेत सक्रियता देखाएको छ । करिब दुई सय वर्ष पुराना संरचना भएको भए पनि विसं १९७० मा स्थानीय पण्डित कृतिनाथ उपाध्यायले निर्माण गर्नुभएपछि नियमित पूजा हुँदै आएको यो मन्दिरमा अहिले पनि नेपालका विभिन्न जिल्लाबाट पूजाआजा गर्न दर्शनार्थी पुग्ने गर्दछन् ।

आजभन्दा तीन दशकअघिसम्म चैतेदेशैँ र बडादशैँको अवसरमा ठूलो मेला लाग्दथ्यो । हप्ताैँ दिनसम्म ठूलो हाटबजार समेत लाग्ने गरेको थियो । तर पछिल्लो समयमा लोप हुँदै गएको मेला मन्दिर परिसरको व्यवस्थापन, साजसज्जा, बरपिपलको वृक्षरोपण गरिएपछि पुनः सुरु गर्न थालिएको कालिका मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेश पौडेलले बताए ।

विगत चार वर्षअघि तीनदिने मेला सञ्चालन हुँदा पनि हजारौँ दर्शकको सहभागिता रहेको थियो । यस वर्षदेखि हरेक चैत्राष्टमी र वडादशैँमा व्यवस्थित मेला सञ्चालन गरी यस क्षेत्रको प्रचार–प्रसार र प्रवद्र्धन गर्न थालिएको अध्यक्ष पौडेलले बताए ।

ठूलो महत्व बोकेको र हजारौँ दर्शनार्थी आउने मन्दिरको संरक्षणमा पर्याप्त बजेट विनियोजन नहुँदा काम गर्नसमेत समस्या हुने गरेको व्यवस्थापन समितिको भनाइ छ । प्राचीन मूर्तिहरू रहेको मन्दिरमा विसं २०३२ मा कालिकाको बहुमूल्य मूर्तिसमेत चोरी भएको र हालसम्म कहीँकतैबाट फेला पार्न नसकिएको मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष राजेश पौडेलले बताए । साथै मन्दिरबाट पुरातात्विक महत्वका हातहतियार, पुरान शङ्ख, घन्टीलगायतका सामान र मूर्तिसमेत हराएका छन् ।

पुरातत्व विभागले पुराना मठमन्दिर तथा पुरातात्विक संरचनाको संरक्षणमा करोडौँ रुपैयाँ खर्च गर्ने भए पनि कालिका मन्दिरमा भने कुनै चासो नदिएको मन्दिर संरक्षण समितिले जनाएको छ ।


प्रकाशित मिति: १४ चैत्र २०७९, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?