Trending
>>   राजनीतिक प्रतिशोध साँधेर माधव नेपालमाथि मुद्दा लगाइयोः राजेन्द्र पाण्डे >>   जुवातास खेलिरहेको अवस्थामा तीन जना पक्राउ >>   बजेटले सुशासन, सामाजिक न्याय र समृद्धि ओझेलमा पार्ने देखियोः माओवादी सांसद शर्मा >>   बजेटबारे एमाले सांसद भट्टराईः सकारात्मक र कार्यान्वयनयोग्य छ >>   प्लास्टिक प्रदुषण नियन्त्रणका लागि अभियान चलाउन आवश्यकः काँग्रेस सांसद सापकोटा >>   सुनका गहनामा लगाएको २ प्रतिशत बिलासिता कर फिर्ता लिन माग >>   नागरिकता विधेयकः ‘ब्रिटिश गोरखाहरुको हकमा विशेष निर्णय गर्न जरुरी’ >>   पतञ्जली जग्गा सट्टापट्टा प्रकरणः माधवकुमार नेपालसहित ९३ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर >>   संसद अब त खुल्नुपर्ने होः सभापति देउवा >>   ‘भिजिटि भिसा प्रकरणमा गृहमन्त्रीमाथि छानबिन हुन आवश्यक छ’
Logo
२२ जेष्ठ २०८२, बिहीबार
२२ जेष्ठ २०८२, बिहीबार

आइओसीको चार्टर विपरित एनओसीले काम गरिरहेको छः ६ वटा खेल संघ


काठमाडौँ। नेपाली खेलकुदका ६ वटा खेल संघले योग्य भएर पनि नेपाल ओलम्पिक कमिटी (एनओसी) ले अन्यायपूर्वक ढंगले ओलम्पिकको मुभमेण्टमा आफूहरूलाई बाहिर राख्दै आएको आरोप लगाएका छन् ।

आईतवार काठमाडौंमा संयुक्त रूपमा पत्रकार सम्मेलन गर्दै ६ वटा खेल संघले सबै पक्षमा आफूहरू योग्य भएपनि एनओसीले आफूहरुलाई अन्यायपूर्ण तरिकाले सदस्यता लिनबाट वञ्चित गरेको आरोप लगाएका हुन् । नेपाल रग्बी संघ, नेपाल घोडचढी, नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघ, नेपाल बेसबल तथा सफ्टबल संघ, नेपाल स्पोर्ट्स क्लाइम्बिङ संघ र नेपाल आइस हक्की संघ गरी ६ वटा खेल संघले आफूहरु योग्य भए पनि एनओसीले अन्यायपूर्वक रूपमा सदस्यता नदिएको आरोप लगाएको हो ।६ वटै संघले नेपाली खेलकुद सञ्चालन हुने राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को धारा १८ को परिच्छेद ८ बमोजिम एनओसीको सदस्य बन्न योग्य रहेको उल्लेख गरेका छन् । साथै अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) को चार्टरमा उल्लेख गरिएको धारा २८ को उपधारा १ अनुरूप आइओसीबाट स्वीकृत अन्तर्राष्ट्रिय खेल संघले ओलम्पिकको सदस्यता पाउने उल्लेख भएपनि एनओसीले त्यसलाई बेवास्ता गरेको ती संघको आरोप छ । साथै एनओसीले आफ्नै विधान पनि लत्याउँदै आएको नेपाल स्पोर्ट्स क्लाइम्बिङ संघका अध्यक्ष रमेश पौडलले बताए ।

सो अवसरमा नेपाल घोडचढी संघका अध्यक्ष रविराज कर्णिकारले भने एनओसीले आफूहरुलाई झुक्काइरहेको बताए । कर्णिकारले आफूहरूले लगातार आग्रह गरे पनि एनओसीको नेतृत्वले कहिल्यै पनि नाइ नभनेको र तर सदस्यता पनि नदिएको दुखेसो गरे । उनले एनओसीको सदस्यता नपाउँदा अन्तर्राष्ट्रिय महासंघबाट प्राप्त हुने सेवा सुविधाबाट वञ्चित भएको उल्लेख गरेका छन् ।

आफूहरूले पटकपटक एनओसीसँग छलफलको प्रयास गरे पनि बेवास्ता गरेपछि आदालतमा पनि गएको संघहरूले बताएका छन् । साथै संघहरूले एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले ओलम्पिक चार्टरविपरीत काम गर्दै आएको आरोप लगाएका छन् । एनओसीका अध्यक्ष श्रेष्ठले राष्ट्रिय खेलकुद विकास ऐनलाई नै लत्याउने गरी विधान संशोधन गरेर तेस्रो पल्ट नेतृत्वमा आउने प्रयास गरेको उल्लेख गरेका छन् ।


प्रकाशित मिति: १६ मंसिर २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?