Trending
>>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा >>   सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत, छिटो सक्न मन्त्री घिसिङको निर्देशन >>   अमेरिकी सेनाद्वारा भेनेजुएलाको तटमा दोस्रो तेल ट्याङ्कर कब्जा >>   प्रधानमन्त्री कार्की र लामिछानेबीच भेटवार्ता: निर्वाचनको सुनिश्चितता र ‘जेन-जी’ को माग सम्बोधन गर्न आग्रह >>   फागुन २१ मा निर्वाचन अनिवार्य, संवैधानिक राजसंस्थाले केही फरक पर्दैनः गगन थापा
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

सुदूरपश्चिम रोयल्सद्वारा ग्लोवल आईएमई बैंकसँग प्रमुख प्रायोजन सम्झौता


काठमाडौँ। सिद्धार्थ बैक नेपाल प्रमियर लिग (एनपिएल) टिम सुदूरपश्चिम रोयल्सले ग्लोवल आईएमई बैंकसँग प्रमुख प्रायोजन सम्झौता गरेको छ ।

काठमाडौंमा शनिवार बिहान एक कार्यक्रमबीच सुदूरका टिम मालिक र ग्लोवल आईएम बैंकका नायव प्रमुख कार्यकारी आधिकृत सुमन पेखरेलले सम्झौता गरेका हुन् । कार्यक्रममा प्रायोजक ग्लोवल आईएमई बैंक अंकित जर्सी सार्वजनिक गरिएको छ । सम्झौतापछि डेपुटी सिइओ पोखरेलले सुदूरपश्चिमसँग सहकार्य गर्न पाउँदा खुशी व्यक्त गर्दै खेलकुदलाई अझ उचाईमा पुर्याउन आफ्नो दायित्व बुझेर अघि सरेको बताए ।

सुदूरपश्चिमका मार्की तथा कप्तान दीपेन्द्र सिंह ऐरी हुन् । सुदूरपश्चिम रोयल्सले यसअघि एसपीएलाई एजुकेसन पार्टनर, ग्याजेट पार्टनरमा एक्स एज, मेडिकल पार्टनरमा माया मेट्रो अस्पताल, एअरलाइन्स पार्टनरमा नेपाल एअरलाइन्स, इन्स्योरेन्स पार्टनरमा सलिको, ट्राभल पार्टनरमा राइका टुर्स एण्ड ट्रेक्स, टेलिकम पार्टनरमा नेपाल टेलिकम, स्ट्रेन्थ पार्टनरमा सूर्य प्लाई र कुमारी जबलाई करिअर पार्टनरको रुपमा भित्र्याएको थियो । एनपिएलको अवधिभर टोलीले म्यारीयट काठमाडौंमा बसोवास गर्न सहकार्य सम्झौता पनि गरिसकेको छ । सुदूरले मंगलवार विराटनगर किंग्ससँग खेल्दै एनपिएलको शुरूवात गर्नेछ ।

आजदेखि शुरू हुने एनपिएलमा कुल आठ टिमबीच प्रतिष्पर्धा हुँदैछ ।


प्रकाशित मिति: १५ मंसिर २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?