Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२९ आश्विन २०८३, बिहीबार
२९ आश्विन २०८३, बिहीबार

सुदूरपश्चिम रोयल्सद्वारा ग्लोवल आईएमई बैंकसँग प्रमुख प्रायोजन सम्झौता


काठमाडौँ। सिद्धार्थ बैक नेपाल प्रमियर लिग (एनपिएल) टिम सुदूरपश्चिम रोयल्सले ग्लोवल आईएमई बैंकसँग प्रमुख प्रायोजन सम्झौता गरेको छ ।

काठमाडौंमा शनिवार बिहान एक कार्यक्रमबीच सुदूरका टिम मालिक र ग्लोवल आईएम बैंकका नायव प्रमुख कार्यकारी आधिकृत सुमन पेखरेलले सम्झौता गरेका हुन् । कार्यक्रममा प्रायोजक ग्लोवल आईएमई बैंक अंकित जर्सी सार्वजनिक गरिएको छ । सम्झौतापछि डेपुटी सिइओ पोखरेलले सुदूरपश्चिमसँग सहकार्य गर्न पाउँदा खुशी व्यक्त गर्दै खेलकुदलाई अझ उचाईमा पुर्याउन आफ्नो दायित्व बुझेर अघि सरेको बताए ।

सुदूरपश्चिमका मार्की तथा कप्तान दीपेन्द्र सिंह ऐरी हुन् । सुदूरपश्चिम रोयल्सले यसअघि एसपीएलाई एजुकेसन पार्टनर, ग्याजेट पार्टनरमा एक्स एज, मेडिकल पार्टनरमा माया मेट्रो अस्पताल, एअरलाइन्स पार्टनरमा नेपाल एअरलाइन्स, इन्स्योरेन्स पार्टनरमा सलिको, ट्राभल पार्टनरमा राइका टुर्स एण्ड ट्रेक्स, टेलिकम पार्टनरमा नेपाल टेलिकम, स्ट्रेन्थ पार्टनरमा सूर्य प्लाई र कुमारी जबलाई करिअर पार्टनरको रुपमा भित्र्याएको थियो । एनपिएलको अवधिभर टोलीले म्यारीयट काठमाडौंमा बसोवास गर्न सहकार्य सम्झौता पनि गरिसकेको छ । सुदूरले मंगलवार विराटनगर किंग्ससँग खेल्दै एनपिएलको शुरूवात गर्नेछ ।

आजदेखि शुरू हुने एनपिएलमा कुल आठ टिमबीच प्रतिष्पर्धा हुँदैछ ।


प्रकाशित मिति: १५ मंसिर २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?