Trending
>>   एसिडिटी के हो ? यस्ता छन् सजिलै निवारण गर्ने उपायहरु >>   रास्वपालाई अमेरिकाले चीन विरोधी शक्तिको रुपमा प्रयोग गर्छः राष्ट्रिय जनमोर्चा >>   मध्यपूर्वको तनावलाई अर्थ मन्त्रालयले कसरी हेरेको छ ? >>   हिम्मत भए प्रधानमन्त्रीको कार्यकक्षमा र संसद भवनमा ग्रेटर नेपालको नक्शा राख्न बालेनलाई चुनौती >>   सर्वोच्च अदालतको फैसला नआई काँग्रेसको नियमित महाधिवेशन हुन सक्दैनः देउवा पक्ष >>   नेपाली काँग्रेसको १५ औं महाधिवेशन आगामी भदौ २४ देखि २६ सम्म काठमाडौंमा हुने >>   हतार र हतास मनस्थितिमा आएर राजीनामा दिएको थिइनँः सभापति थापा >>   मुलुकमा सुशासन कायम तथा शासकीय सुधारका सन्दर्भमा सरकारसँग सहकार्य गर्छौंः सभापति थापा >>   राष्ट्रिय स्वतन्त्र पार्टीको उदय हुनुमा प्रवासी नेपालीको ठूलो भुमिका छ : सोमनाथ सापकोटा >>   नेपाली तयारी पोशाकलाई विश्व बजारमा पुर्‍याउन ‘ऊलमार्क’ सँग सहकार्य, उच्च मूल्यका उत्पादनमा जोड
Logo
१० चैत्र २०८२, मंगलवार
१० चैत्र २०८२, मंगलवार

अस्पताल र आन्दोलन पक्षबीच छ बुँदे सहमति


१३ चैत्र ,काठमाडौँ । निजामती कर्मचारी अस्पताल र आन्दोलनरत रहेका चिकित्सक/कर्मचारीबीच छ बुँदे सहमति भएको छ । सहमतिपछि चिकित्सक र कर्मचारीले गर्दै आएको अन्दोलनका कार्यक्रम सबै फिर्ता भएको अस्पतालका उपसचिव कृष्णप्रसाद सापकोटाले जानकारी दिए ।

उनले आजैदेखि अस्पताल प्रशासनमा लगाइएको ताला र चिकित्सक/कर्मचारीले गर्दै आएको अनशन पनि तोडिएको बताए ।

उनका अनुसार निजामती कर्मचारी अस्पताल (कर्मचारीको सेवाका सर्त र सुविधा) विनियमावली र निजामती कर्मचारी अस्पतालको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणमा आवश्यक संशोधन तथा परिमार्जन चिकित्सक, कर्मचारी र कर्मचारी युनियनको प्रतिनिधित्वमा एक महिनाभित्र पेस गर्ने, अस्पतालको समग्र गुणस्तर सुधारका लागि सबै पक्षको सहभागी गराउने, ज्यालादारीमा कार्यरत कर्मचारीको सम्बन्धमा कार्यरत कर्मचारीलाई प्राथमिकतामा राखी स्वीकृत करार कार्यविधि, २०७८ अनुसार स्वीकृत दरबन्दीमा पदपूर्ति प्रक्रिया अगाडि बढाउने सहमति भएको छ ।

यस्तै अस्पतालको समग्र गुणस्तर, वित्तीय स्थिति, जनशक्ति योजना, कर्मचारीको हित र उत्प्रेरणासमेतलाई दृष्टिगत गरी अस्पताल व्यवस्थापन चिकित्सक र कर्मचारी सम्मिलित समितिको प्रतिवेदनका आधारमा स्वीकृत करार कार्यविधिबमोजिम हाल करारमा कार्यरत (परीक्षामा सहभागी नहुनेसमेत) चिकित्सक/कर्मचारीलाई प्राथमिकता दिई सेवाको सुनिश्चिता गर्न निजामती कर्मचारी अस्पताल विकास समितिमा पेस गर्ने पनि सहमति भएको छ ।

यस्तै अस्पतालको समग्र गुणस्तर, सेवाप्रवाहमा सुधार र सेवाप्रवाहमा निरन्तरता दिने एवं निजामती कर्मचारी मैत्री अस्पतालमा रूपान्तरण गर्न ऐक्यबद्धता जारी गर्ने सहमति भएको छ । अस्पतालमा केही दिनदेखि चिकित्सक, कर्मचारीले विभिन्न छ बुँदे माग राखी अनशन बस्दै अस्पताल प्रशासनमा तालाबन्दी गरेका थिए ।


प्रकाशित मिति: १३ चैत्र २०७९, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?