Trending
>>   एसिडिटी के हो ? यस्ता छन् सजिलै निवारण गर्ने उपायहरु >>   रास्वपालाई अमेरिकाले चीन विरोधी शक्तिको रुपमा प्रयोग गर्छः राष्ट्रिय जनमोर्चा >>   मध्यपूर्वको तनावलाई अर्थ मन्त्रालयले कसरी हेरेको छ ? >>   हिम्मत भए प्रधानमन्त्रीको कार्यकक्षमा र संसद भवनमा ग्रेटर नेपालको नक्शा राख्न बालेनलाई चुनौती >>   सर्वोच्च अदालतको फैसला नआई काँग्रेसको नियमित महाधिवेशन हुन सक्दैनः देउवा पक्ष >>   नेपाली काँग्रेसको १५ औं महाधिवेशन आगामी भदौ २४ देखि २६ सम्म काठमाडौंमा हुने >>   हतार र हतास मनस्थितिमा आएर राजीनामा दिएको थिइनँः सभापति थापा >>   मुलुकमा सुशासन कायम तथा शासकीय सुधारका सन्दर्भमा सरकारसँग सहकार्य गर्छौंः सभापति थापा >>   राष्ट्रिय स्वतन्त्र पार्टीको उदय हुनुमा प्रवासी नेपालीको ठूलो भुमिका छ : सोमनाथ सापकोटा >>   नेपाली तयारी पोशाकलाई विश्व बजारमा पुर्‍याउन ‘ऊलमार्क’ सँग सहकार्य, उच्च मूल्यका उत्पादनमा जोड
Logo
१० चैत्र २०८२, मंगलवार
१० चैत्र २०८२, मंगलवार

आठबुँदे घोषणापत्र जारी गर्दै सकियो महिला नेतृत्व शिखर सम्मेलन


१३ चैत्र ,काठमाडौँ । नेपाल उद्योग परिसङ्घ महिला नेतृत्व मञ्चले काठमाडौँमा आयोजना गरेको महिला नेतृत्व शिखर सम्मेलन आठबुँदे घोषणापत्र जारी गर्दै आज सम्पन्न भएको छ ।

वित्तीय पहुँच बढाउँदै महिलालाई आत्मनिर्भर बनाउनेतर्फ नीतिगत व्यवस्था हुनुपर्ने र विद्यमान नीतिहरूको प्रभावकारी कार्यान्वयनमा जोड दिँदै दुईदिने सम्मेलन सकिएको हो ।

अन्तर्राष्ट्रिय व्यापार, प्रत्यक्ष वैदेशिक लगानी र क्षेत्रीयस्तरका सञ्जालमार्फत महिलालाई वित्तीय तथा डिजिटल साक्षरतामा थप पहुँच चाहिने निष्कर्ष सम्मेलनको छ । त्यस्तै महिला उद्यमीहरूले आफ्नो ज्ञान र सीपलाई परिचालन गर्नसक्ने सुनिश्चितताका लागि कर्जाको थ्रेसहोल्ड बढाउनुपर्ने सुझाव घोषणापत्रमार्फत सम्मेलनले सरकारलाई दिइएको छ ।

लघु, साना र मझौला उद्यममा महिलाका लागि हालको ऋण संरचना बढाउनुपर्ने निष्कर्ष सम्मेलनले निकालेको छ । नीति निर्माण तहमा महिलाको सहभागिता बढाउने गरी ठोस व्यवस्था गर्न पनि सुझाव दिइएको छ ।

कानूनबाटै राजनीतिक क्षेत्रमा महिलाको ३३ प्रतिशत सहभागिता सुनिश्चितता गरिएकामा त्यसलाई कम्तीमा ५० प्रतिशत बनाउन सम्मेलनबाट सरकारलाई आग्रह गरिएको छ । सम्मेलनले जारी गरेको घोषणापत्र सरकारलाई हस्तान्तरण गरिएको पनि उद्योग परिसङ्घले जनाएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा तोयनारायण ज्ञवाली र राष्ट्रिय योजना आयोगका सहसचिव बाबुराम सुवेदीलाई घोषणापत्र हस्तान्तरण गरिएको हो । सम्मेलनमा सामाजिक र सूचना प्रविधि क्षेत्रमा उच्च योगदान पु¥याउनुभएका म्यागी डोइन र सोनिका मानन्धरलाई ‘इन्स्पायरिङ वुमेन अफ द इयर’ बाट सम्मान गरिएको थियो ।


प्रकाशित मिति: १३ चैत्र २०७९, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?