Trending
>>   एमालेले कामनपाको जरिबाना पत्र बुझेन, बालेनले स्टन्टबाजी गरेको आरोप >>   इजिप्टमा टोलेमाइक युगको मन्दिर फेला >>   सरकारसँग व्यापारीहरुको मागः सहकारी समस्या तत्काल समाधान गरियोस् >>   गाजामा इजरायली आक्रमणबाट १७ प्यालेस्टाइनीको मृत्यु >>   प्रतिवर्ष तीन सय बिलियन अमेरिकी डलर जलवायु कार्यमा खर्च गर्ने धनी देशको प्रतिवद्धता >>   फोहोरको विषयमा राजनीति नगरौँः उपप्रधानमन्त्री सिंह >>   पत्रकारितामा फोटोको महत्व धेरै हुन्छ : उपप्रधानमन्त्री सिंह >>   दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै >>   म्याद थपका लागि रवि लामिछानेलाई पुर्‍याइयो अदालत >>   एकीकृत समाजवादीले टुङ्ग्यायो नेताहरूको जिम्मेवारी
Logo
९ मंसिर २०८१, आईतवार
९ मंसिर २०८१, आईतवार

गाजामा इजरायली आक्रमणबाट १७ प्यालेस्टाइनीको मृत्यु


एजेन्सी। गाजा पट्टीमा इजरायली आक्रमणमा १७ प्यालेस्टाइनीको मृत्यु भएको प्यालेस्टाइनको आधिकारिक समाचार एजेन्सी वाफाले जनाएको छ ।

उत्तरी गाजापट्टीको गाजा सहरको दक्षिणपूर्वमा रहेको अल–जायटोन छिमेकमा रहेको एउटा घरमा इजरायली आक्रमणबाट तीन बालबालिकासहित सात प्यालेस्टाइनीको मृत्यु भएको वाफाले जनाएको हो । दक्षिणी गाजा पट्टीको खान युनिसमा तीनवटा घरमा भएको गोलाबारीमा बालबालिका सहित नौ व्यक्तिको मृत्यु भएको छ । यसले मध्य गाजाको नुसेरात शिविरमा रहेको एउटा अपार्टमेन्टमा बम विष्फोट हुँदा एक व्यक्तिको मृत्यु भएको छ ।

इजरायलले अक्टोबर ७, २०२३ मा दक्षिणी इजरायली सीमानामार्फत हमासको आक्रमणको बदला लिन गाजा पट्टीमा हमास विरुद्ध ठूलो मात्रामा आक्रमण गरिरहेको छ । गाजापट्टीमा जारी इजरायली आक्रमणबाट प्यालेस्टाइनीहरूको मृत्यु हुने संख्या ४४ हजार ५६ पुगेको छ ।


प्रकाशित मिति: ९ मंसिर २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?