Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
२८ मंसिर २०८२, आईतवार
२८ मंसिर २०८२, आईतवार

जनयुद्ध दिवस खारेजीको माग गर्दै सर्वोच्च अदालतमा परेको रिट खारेज


१३ चैत्र, काठमाडाैँ । जनयुद्ध दिवस खारेजीको माग गर्दै सर्वोच्च अदालतमा परेको रिट खारेज (दरपीठ) भएको छ । सरकारले वार्षिक क्यालेन्डरमा जनयुद्ध दिवसलाई समावेश गर्दै उक्त दिन सरकारले बिदा दिने गरेको निर्णयविरूद्ध सर्वोच्चमा रिट निवेदन पुगेको थियो ।

तर, उक्त निर्णय सरकारको नीतिगत विषय भएको भन्दै सर्वोच्च प्रशासनले खारेज गरेको हो । रामेछापका कल्याण बुढाथोकीले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयविरुद्ध रिट निवेदन दिएका थिए ।

सर्वोच्च प्रशासनको आदेशमा भनिएको छ, ‘राज्यको कार्यकारी निकायबाट कहिले बिदा दिने वा कििहले नदिने, कुन दिवस वा उत्सव मनाउने वा कुन नमनाउने भन्ने जस्ता नीतिगत विषयमा निर्णय गर्न सक्ने देखिएको अवस्थामा सरकराले जनयुद्ध दिवसमा बिदा दिने निर्णय गरेको मिलेन बदर गरिपाउँ भनी निवेदन ल्याएकोमा उक्त निर्णयमा नीतिगत प्रश्न समावेश रहेकाले यो विषय अदालतबाट न्याय निरुपण हुन सक्ने नदेखिँदा प्रस्तुत रिट निवेदन दर्ता गर्न मिलेन ।’


प्रकाशित मिति: १३ चैत्र २०७९, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?