Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

मुख्यमन्त्री लामालाई बागमतीको संसदीय दलले बुझायो ध्यानाकर्षण पत्र


मकवानपुर । प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामालाई नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बागमती प्रदेशको संसदीय दलका प्रतिनिधिले सरकारले जनता केन्द्रित कार्य सम्पादन गर्नुपर्ने भन्दै ध्यानाकर्षण पत्र बुझाएको छ ।

आज मुख्यमन्त्री कार्यालय हेटौँडामा ज्ञापन पत्र बुझाउँदै संसदीय दलका नेता शालिकराम जम्कट्टेलले सरकार गठन भएको एकसय दिन पुगिसकेको भन्दै प्रदेशको समग्र विकासमा सरकार केन्द्रित हुन नसकेको आरोप लगाए । उनले सरकार संघीयताको मर्म र भावना अनुसार सञ्चालन हुनुपर्नेमा जोड दिए ।

दलका नेता जम्कट्टेलले विकासको आकांक्ष र आवश्यकतालाई सम्बोधन गर्दै सरकार अगाडि बढ्नुपर्ने उल्लेख गरे । आठ बुँदे मागसहित विभिन्न विषयमा ज्ञापन पत्र बुझाउँदै दलले विभिन्न समयमा सर्वदलीय बैठकले गरेका निर्णय अविलम्ब कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ ।

ध्यानाकर्षण पत्रमा संघीयताको संस्थागत शुद्धीकरण, सुशासन र प्रदेशको विकासमा केन्द्रित हुनुपर्ने माग राखिएको छ । गत असोज ११ र १२ गते आएको बाढीपहिरोले प्रदेशका विभिन्न जिल्लामा जनधनको ठूलो क्षति भएका भन्दै पीडितका समस्यालाई तत्काल सम्बोधन गर्न माग गरिएको छ ।


प्रकाशित मिति: २८ कार्तिक २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?