Trending
>>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

भारतीय राष्ट्रपति मुर्मू सोमबारदेखि पश्चिम बङ्गाल भ्रमणमा जाने


१३ चैत्र, एजेन्सी । भारतकी राष्ट्रपति द्रौपदी मुर्मू सोमबार पश्चिम बङ्गालको दुई दिने भ्रमणका लागि प्रस्थान गर्ने भएकी छिन् ।

देशको राष्ट्रपतिको रूपमा शपथ लिएपछि मुर्मूको यो पहिलो राज्य भ्रमण हुनेछ । राष्ट्रपति मुर्मूले आफ्नो भ्रमणका क्रममा २७ मार्च (सोमबार) मा भारतीय नेता सुभाषचन्द्र बोसप्रति श्रद्धाञ्जलि अर्पण गर्न कलकत्तास्थित नेताजी भवन जाने कार्यक्रम रहेको छ ।

त्यसपछि उनी जोरासांको ठाकुरबारीस्थित रवीन्द्रनाथ टैगोरको घरमा गएर टैगोरप्रति श्रद्धाञ्जलि अर्पण गर्नेछिन् ।

राष्ट्रपति मुर्मू सोही साँझ कोलकाताको नेताजी इन्डोर रङ्गशालामा आफ्नो सम्मानमा आयोजना हुने नागरिक अभिनन्दन समारोहमा सहभागी हुनेछिन् भने २८ मार्च (मंगलबार) मा राष्ट्रपति मुर्मूले बेलुर मठको भ्रमण गर्नेछिन् ।

‘उनी कलकत्ता यूको बैंकको ८० वर्ष पूरा भएको उत्सवमा गरिने एक कार्यक्रममा पनि सहभागी हुनेछिन् । त्यसपछि उनले शान्तिनिकेतनको भ्रमण गर्नेछिन् जनि उनी विश्वभारतीको वार्षिक दीक्षान्त समारोहमा सहभागी हुनेछिन् ।


प्रकाशित मिति: १३ चैत्र २०७९, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?