Trending
>>   सुशासन कमजोर भए भ्रष्टाचार मौलाउँछः अध्यक्ष मगर >>   प्रक्षेपणको क्रममा कुवेतद्वारा निर्मित रकेट विस्फोट >>   इजरायली सैनिकहरूद्वारा प्यालेस्टिनी पुरुषको हत्या >>   भारतको गोवा नाइटक्लवमा आगलागीमा मृत्यु हुनेको संख्या २५ पुग्यो >>   रुग्ण आयोजना व्यवस्थापनको नाममा त्रास नफैलाउन निर्माण व्यवसायी महासंघको चेतावनी >>   ‘करेन्सीको भाउ बढ्दा नेपालमा लाभ भन्दा हानी धेरै’ >>   मन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः डा. सुनिल शर्मा >>   प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच वार्ता हुँदै >>   घोषित मितिमै निर्वाचन सम्पन्न गर्न प्रधानमन्त्री कार्कीलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह >>   केबिन क्रूको भुमिकालाई मेसिनले प्रतिस्थापन गर्न सक्दैनः मन्त्री सिन्हा
Logo
२२ मंसिर २०८२, सोमबार
२२ मंसिर २०८२, सोमबार

भारतीय राष्ट्रपति मुर्मू सोमबारदेखि पश्चिम बङ्गाल भ्रमणमा जाने


१३ चैत्र, एजेन्सी । भारतकी राष्ट्रपति द्रौपदी मुर्मू सोमबार पश्चिम बङ्गालको दुई दिने भ्रमणका लागि प्रस्थान गर्ने भएकी छिन् ।

देशको राष्ट्रपतिको रूपमा शपथ लिएपछि मुर्मूको यो पहिलो राज्य भ्रमण हुनेछ । राष्ट्रपति मुर्मूले आफ्नो भ्रमणका क्रममा २७ मार्च (सोमबार) मा भारतीय नेता सुभाषचन्द्र बोसप्रति श्रद्धाञ्जलि अर्पण गर्न कलकत्तास्थित नेताजी भवन जाने कार्यक्रम रहेको छ ।

त्यसपछि उनी जोरासांको ठाकुरबारीस्थित रवीन्द्रनाथ टैगोरको घरमा गएर टैगोरप्रति श्रद्धाञ्जलि अर्पण गर्नेछिन् ।

राष्ट्रपति मुर्मू सोही साँझ कोलकाताको नेताजी इन्डोर रङ्गशालामा आफ्नो सम्मानमा आयोजना हुने नागरिक अभिनन्दन समारोहमा सहभागी हुनेछिन् भने २८ मार्च (मंगलबार) मा राष्ट्रपति मुर्मूले बेलुर मठको भ्रमण गर्नेछिन् ।

‘उनी कलकत्ता यूको बैंकको ८० वर्ष पूरा भएको उत्सवमा गरिने एक कार्यक्रममा पनि सहभागी हुनेछिन् । त्यसपछि उनले शान्तिनिकेतनको भ्रमण गर्नेछिन् जनि उनी विश्वभारतीको वार्षिक दीक्षान्त समारोहमा सहभागी हुनेछिन् ।


प्रकाशित मिति: १३ चैत्र २०७९, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?