Trending
>>   प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबिच दुई घण्टा भेटवार्ता ! के हुँदैछ देशमा? >>   सुरूवातबाटै चर्चामा बरिष्ठ संचारकर्मी हरिशरण लामिछानेकाे ‘हरिशणम्’ >>   रहिनन नेपालको पहिलो महिला राजदूत विन्देश्वरी >>   के हाे सचिन परियारलाई लागेकाे १० लाखमा तीन जनालाई लाग्ने रोग? >>   प्रकाशमान सिंहकाे प्रश्न- ‘कांग्रेस-एमाले सरकार बनेपछि कुनै स्क्याम सुन्नुभएकाे छ ?’ >>   कुकुर हत्या गरेर पोष्ट गर्ने २ जना पक्राउ ! >>   प्रहरी रिपोर्टकाे नै पुष्टि-‘रवि लामिछानेको हस्ताक्षर नै नक्कली ! >>   रहेनन सचिन परियार >>   रवि दाइ ! हाम्राे सम्बन्धमा नजर लाग्यो पापी दुनियाँको… >>   प्राप्त अधिकार सुरक्षित राख्दै आर्थिक सम्पन्नताको अभियानमा लागौँः प्रकाशमान सिंह
Logo
१८ पुष २०८१, बिहीबार
१८ पुष २०८१, बिहीबार

अर्थ समितिका काम प्रभावकारी बनाउन छलफल


काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिका काम प्रभावकारी र नतिजामुखी ढङ्गले सञ्चालन गर्न छलफल भएको छ ।

समितिको आजको बैठकमा कार्यसूची बनाउने र सदस्यहरूको सहभागिता बढाउने विषयमा छलफल भएको सभापति सन्तोष चालिसेले जानकारी दिएका छन्  ।

समितिमा विचाराधीन विधेयकलाई चाँडो टुङ्ग्याउने तथा समितिका अन्य काम कारबाहीलाई प्रभावकारी बनाउन सदस्यहरूको बैठकमा उपस्थिति बढाउनेबारे पनि छलफल भएको उनको भनाइ छ ।

“संसदीय समितिका बैठकहरूमा गणपूरक सङ्ख्या ९कोरम नपुग्ने समस्या छ । कोरम नपुर्‍याइ छलफल र निर्णयहरू गर्न नियमले मान्दैन”, उनले भने, “सभामुखले पनि यस विषयमा चासो देखाउनु भएको छ । समितिका बैठक बोलाउँदा सबै दलका प्रमुख सचेतक तथा सचेतकहरूलाई जानकारी गराउने र सदस्यहरूको उपस्थिति बढाउने विषयमा पनि छलफल भएको छ ।”

समितिको आजको बैठकमा सांसद सूर्यबहादुर थापा क्षेत्रीले समितिका काम प्रभावकारी बनाउन कार्यतालिका बनाएर कडाइका साथ लागू गरिनुपर्ने बताए । समितिमा गणपूरक सङ्ख्या नपुगेर विधेयक माथिका छलफल प्रभावित हुन नहुने उनको भनाई थियो ।

त्यस्तै, सांसद जुली कुमारी महतो (महासेठ)ले चालु आर्थिक वर्षको बजेट कार्यान्वयनका सन्दर्भमा सम्बन्धित मन्त्रालयलाई समितिमा बोलाएर जानकारी लिनुपर्ने बताएकी छिन्  ।

अर्थ समितिमा अहिले पाँचवटा विधेयक विचाराधीन छन् । ती विधेयकमाथि चाँडो छलफल गरेर टुङ्गाउनुपर्ने धारणा समितिका अधिकांश सदस्यहरूको मत छ ।

चाडबाडहरू सकिएको र अहिले संसद्को हिउँदे अधिवेशन समेत सुरु नभएको अवस्थामा समितिका गतिविधिहरू बढ्नुपर्ने विषय समितिमा उठेको थियो । त्यस्तै, आगामी मङ्सिर १६ गतेका लागि तय भएको उपनिर्वाचन अघि समितिका बैठक प्रभावित हुनसक्ने धारणा सांसदहरूको थियो ।


प्रकाशित मिति: २५ कार्तिक २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?