Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

इराकका प्रधानमन्त्रीद्वारा ट्रम्पलाई मध्यपूर्वको युद्ध अन्त्यका लागि काम गर्न आग्रह


बागदाद (इराक)। इराकका प्रधानमन्त्री मोहम्मद सिया अल–सुदानीले नव निर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग फोन वार्ता गर्दै मध्यपूर्वमा “युद्ध अन्त्यका लागि काम गर्ने आग्रह गर्नु भएको छ । गाजा र लेबनानमा इजरायलको युद्धको बिचमा, सुदानीलाई इरान समर्थित राजनीतिक गुटहरूको बहुमतले प्रधानमन्त्री नियुक्त गरेको थियो ।

फोन वार्तामा इराकी प्रधानमन्त्री –सुदानीले ट्रम्पको अभियानको बयान गर्दै मध्यपूर्वमा युद्ध अन्त्य गर्ने बारे छलफल भएको प्रधानमन्त्री सुदानीको कार्यालयबाट शुक्रबार जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । विज्ञप्तिका अनुसार दुवै पक्ष उक्त लक्ष्य हासिल गर्नका लागि समन्वय गर्न सहमत भएका छन् ।

इस्लामिक स्टेट समूहसँग लड्न सहयोग गर्न गठन गरिएको अमेरिकी नेतृत्वको गठबन्धनको हिस्साका रूपमा इराकमा करिब दुई हजार ५०० अमेरिकी सेना तैनाथ गरेको गरेको जनाइएको छ । बगदादले वर्षौँदेखि वासिङ्टनलाई आफ्ना बाँकी गठबन्धन सेनाहरू फिर्ता लिनको लागि स्पष्ट समय सीमा प्रदान गर्न आह्वान गर्दै आएको छ ।

अमेरिका र इराकले सेप्टेम्बरको अन्त्यमा अन्तर्राष्ट्रिय गठबन्धनले एक वर्ष भित्र इराकमा एक दशक लामो सैन्य मिसन समाप्त गर्ने घोषणा गरेका छन् । यद्देपी संयुक्त विज्ञप्ति र अमेरिकी अधिकारीहरूले कुनै पनि अमेरिकी सेना इराकमा रहने तथा रहेको उल्लेख गरेका छैनन् ।

सन् २०२० जनवरीमा भएको अमेरिकी ड्रोन हमलामा कुद्स फोर्सका प्रमुख र विदेशमा इराकको सैन्य कारबाहीका वास्तुकार इरानी जनरल कासिम सुलेमानीको मृत्यु भए पछि ट्रम्पको पहिलो कार्यकालमा दुई देशबिचको सम्बन्ध बिग्रिएको थियो । मुहान्दिसको हत्याको अनुसन्धान पछि इराकी न्यायपालिकाले सन् २०२१ जनवरीमा ट्रम्पको गिरफ्तारीका लागि पक्राउ पुर्जीसमेत जारी गरेको थियो ।


प्रकाशित मिति: २४ कार्तिक २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?