Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

इराकका प्रधानमन्त्रीद्वारा ट्रम्पलाई मध्यपूर्वको युद्ध अन्त्यका लागि काम गर्न आग्रह


बागदाद (इराक)। इराकका प्रधानमन्त्री मोहम्मद सिया अल–सुदानीले नव निर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग फोन वार्ता गर्दै मध्यपूर्वमा “युद्ध अन्त्यका लागि काम गर्ने आग्रह गर्नु भएको छ । गाजा र लेबनानमा इजरायलको युद्धको बिचमा, सुदानीलाई इरान समर्थित राजनीतिक गुटहरूको बहुमतले प्रधानमन्त्री नियुक्त गरेको थियो ।

फोन वार्तामा इराकी प्रधानमन्त्री –सुदानीले ट्रम्पको अभियानको बयान गर्दै मध्यपूर्वमा युद्ध अन्त्य गर्ने बारे छलफल भएको प्रधानमन्त्री सुदानीको कार्यालयबाट शुक्रबार जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । विज्ञप्तिका अनुसार दुवै पक्ष उक्त लक्ष्य हासिल गर्नका लागि समन्वय गर्न सहमत भएका छन् ।

इस्लामिक स्टेट समूहसँग लड्न सहयोग गर्न गठन गरिएको अमेरिकी नेतृत्वको गठबन्धनको हिस्साका रूपमा इराकमा करिब दुई हजार ५०० अमेरिकी सेना तैनाथ गरेको गरेको जनाइएको छ । बगदादले वर्षौँदेखि वासिङ्टनलाई आफ्ना बाँकी गठबन्धन सेनाहरू फिर्ता लिनको लागि स्पष्ट समय सीमा प्रदान गर्न आह्वान गर्दै आएको छ ।

अमेरिका र इराकले सेप्टेम्बरको अन्त्यमा अन्तर्राष्ट्रिय गठबन्धनले एक वर्ष भित्र इराकमा एक दशक लामो सैन्य मिसन समाप्त गर्ने घोषणा गरेका छन् । यद्देपी संयुक्त विज्ञप्ति र अमेरिकी अधिकारीहरूले कुनै पनि अमेरिकी सेना इराकमा रहने तथा रहेको उल्लेख गरेका छैनन् ।

सन् २०२० जनवरीमा भएको अमेरिकी ड्रोन हमलामा कुद्स फोर्सका प्रमुख र विदेशमा इराकको सैन्य कारबाहीका वास्तुकार इरानी जनरल कासिम सुलेमानीको मृत्यु भए पछि ट्रम्पको पहिलो कार्यकालमा दुई देशबिचको सम्बन्ध बिग्रिएको थियो । मुहान्दिसको हत्याको अनुसन्धान पछि इराकी न्यायपालिकाले सन् २०२१ जनवरीमा ट्रम्पको गिरफ्तारीका लागि पक्राउ पुर्जीसमेत जारी गरेको थियो ।


प्रकाशित मिति: २४ कार्तिक २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?