Trending
>>   भारत सरकारले बनाइदियो वैद्यनाथ देवनारायण जनता नमूना माध्यमिक विद्यालयको भवन >>   आठ खेलका १४ खेलाडीलाई छात्रवृत्ति >>   नेपाली महिला फुटबलमा उपाधि खडेरी तोड्ने एपिएफको लक्ष्य >>   एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो >>   एमाले राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली पार्टी होइनः ओली >>   १५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा >>   राज्यले निर्माण व्यवसायीमाथि आतंक बढायोः मुख्यमन्त्री बानियाँ >>   कुलमानले निर्माण व्यवसायीको मान मर्दन गरे : अध्यक्ष सिंह >>   जेन–जी आन्दोलनको रिपोर्टिङका क्रममा घाइते पत्रकारहरुको उपचार खर्च सरकारले व्यहोर्ने >>   पार्टी नेता, कार्यकर्तालाई ओलीको निर्देशनः आर्मीले मार्च गरेजस्तो ताल मिलाएर हिँड्नू
Logo
५ पुष २०८२, शनिबार
५ पुष २०८२, शनिबार

गाजा पट्टी पूर्ण रूपमा नष्ट क्षेत्रमा परिणत


काठमाडौं। इजरायली सेनाले अन्तर्राष्ट्रिय मानवीय कानुनको मापदण्ड पालना नगरेको औँल्याउँदै कब्जा गरिएका प्यालेस्टिनी क्षेत्रहरू पूर्ण रूपमा नष्ट क्षेत्रमा परिणत भएको संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार कार्यालयका निर्देशक अजित सुङ्गाईले शुक्रबार बताएका छन् ।

उहाँले गाजामा अस्पताल, बिरामी तथा सर्वसाधारणमाथि बारम्बार भइरहेको इजरायली आक्रमणलाई औँल्याउँदै यसले मानिसहरूलाई दक्षिणमा विस्थापित गर्ने र उत्तरी क्षेत्र खाली उद्देश्यले प्यालेस्टिनीको आर्थिक स्रोतलाई जानाजानी लक्षित गरिरहेको बताएका छन् ।

उत्तरी गाजामा प्रवेश गर्न गत अक्टोबर–७ देखि संयुक्त राष्ट्रका एजेन्सीहरूले भोग्नुपरेको कष्टलाई उल्लेख गर्दै उहाँले गाजा पूर्ण रूपमा नष्ट भएको क्षेत्रमा परिणत भएको उल्लेख गरेका छन् ।

गाजाको स्वास्थ्य मन्त्रालयले शुक्रबार गाजा पट्टीमा चलिरहेको इजरायली आक्रमणबाट मृत्यु हुनेहरूको सङ्ख्या ४३ हजार ५०८ पुग्नुका साथै एक लाख दुई हजार ६८४ जना घाइते भएको घोषणा गरेको छ ।


प्रकाशित मिति: २४ कार्तिक २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?