Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

भारी वर्षाका कारण जापानमा आपतकालीन चेतावनी जारी


काठमाडौँ । जापानी मौसम विज्ञान विभागले कागोसिमा र ओकिनावामा भारी वर्षाको कारण देखाउँदै शनिबार आपत्कालीन चेतावनी जारी गरेको छ । जसमा बाढी पहिरोलगायतका जोखिमको सम्भावना उल्लेख गर्दै अधिकतम सावधानी अपनाउन आवाह्नन गरिएको छ ।

विभाग अनुसार प्रतिकुल मौसमले कागोसिमाको योरोन सहर ओकिनावा प्रान्तमा अस्थिर वायुमण्डलीय अवस्था सिर्जना गर्दा भारी वर्षा भएको हो । योरोनमा, २४- घण्टामा ५९४ मिमी वर्षा भएको छ जुन सन् १९७८ मा डाटा संकलन सुरु भए देखिको सबै भन्दा बढी हो ।

ओकिनावाको हिगाशी गाउँमा २४ घण्टामा ४४२ मिमीको वर्षा रेकर्ड भएको जनाउँदै स्थानीय अधिकारीहरूले बाढी प्रभावित क्षेत्रमा पहिरोको जोखिम रहेको रिपोर्ट गरेका छन् भने साँझसम्म गम्भीर वर्षा हुने अनुमान गरिएको छ । यस क्षेत्रकाका बासिन्दाहरूलाई सम्भावित बाढी-पहिरो र नदीको बढ्दो स्तरका लागि सतर्क रहन सूचित गरिएको छ ।


प्रकाशित मिति: २४ कार्तिक २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?