Trending
>>   बालेनलक्षित ओलीको टिप्पणी :‘देशमा चर्चित भनिएकाहरु नै नसामा भेटिन्छन्’ >>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा
Logo
११ पुष २०८२, शुक्रबार
११ पुष २०८२, शुक्रबार

उपप्रधानमन्त्री प्रकाशमान सिंह इजिप्टमा


काठमाडौं । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंह इजिप्टकाे कायराे प्रस्थान गर्नुभएकाे छ । वर्ल्ड अर्बान फाेरमकाे कार्यक्रममा सहभागि हुन नेपाली प्रतिनिधि मण्डलकाे नेतृत्व गर्दै सिंह आइतबार विहान ८ बजे कायराे प्रस्थान गर्नुभएकाे हाे । उपप्रधानमन्त्री सिंहलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलमा विदाई गर्नुभएकाे छ ।

विश्वका १५० भन्दा बढी देशकाे सहभागिता रहने कार्यक्रममा सहभागी हुने सिंह उच्च पदाधिकारी हुनुहुन्छ । अन्य देशबाट शहरी विकाससंग सम्बन्धित मन्त्रीहरू सहभागी हुनेछन् भने नेपालबाट उपप्रधानमन्त्रीसमेत रहनुभएका सिंहकाे उपस्थिति रहनेछ ।

शहरी विकासकाबारे विश्व सम्मेलनमा उपप्रधानमन्त्री सिंहले ३ वटा सत्रलाई सम्बाेधन गर्नुहुनेछ । साे क्रममा उहाँले नेपालले वस्ति विकासका क्रममना भाेगेका समस्या, जलवायु परिवर्तनका कारण भाेगिरहेकाे समस्या र वस्ति विकासमा नेपालले हासिल गरेकाे उपलब्धिबारे संसारकाे ध्यानाकर्षण गराउनुहुनेछ । नेपालमा जलवायु परिवर्तनकाे असर धेरै देखिएकाले भविष्यमा जलवायु परिवर्तनले पनि असर नगर्ने गरि कसरी शहरीकरण र वस्ति विकास गर्न सकिन्छ भन्ने विषयलाई उपप्रधानमन्त्री सिंहले प्रमुख एजेन्डा बनाउनुहुनेछ । त्यस्तै शहरीकरणका लागि चुनाैति बनिरहेकाे खानेपानी, सरसफाई र शहरी पूर्वाधारकाे व्यवस्थापनकाे विषयलाई पनि नेपालले प्राथमिकताका साथ उठाउने तयारी गरेकाे छ ।

नाेभेम्बर ४ देखि ८ तारिखसम्म कायराेमा वर्ल्ड अर्बान फाेरमकाे कार्यक्रम हुँदैछ । वर्ल्ड अर्बान फाेरम शहरी विकासकाे क्षेत्रमा महत्वपूर्ण मानिन्छ ।उपप्रधानमन्त्री सिंहसँगै पत्नी सिर्जना सिंह, शहरी विकास मन्त्रालयका अधिकारीहरू कायराे प्रस्थान गरेका छन् । सिंह कार्यक्रममा सहभागि भएर शनिबार विहान साढे १० बजे स्वदेश फर्कनुहुनेछ ।


प्रकाशित मिति: १८ कार्तिक २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?