Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
३० आश्विन २०८३, शुक्रबार
३० आश्विन २०८३, शुक्रबार

उपप्रधानमन्त्री प्रकाशमान सिंह इजिप्टमा


काठमाडौं । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंह इजिप्टकाे कायराे प्रस्थान गर्नुभएकाे छ । वर्ल्ड अर्बान फाेरमकाे कार्यक्रममा सहभागि हुन नेपाली प्रतिनिधि मण्डलकाे नेतृत्व गर्दै सिंह आइतबार विहान ८ बजे कायराे प्रस्थान गर्नुभएकाे हाे । उपप्रधानमन्त्री सिंहलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलमा विदाई गर्नुभएकाे छ ।

विश्वका १५० भन्दा बढी देशकाे सहभागिता रहने कार्यक्रममा सहभागी हुने सिंह उच्च पदाधिकारी हुनुहुन्छ । अन्य देशबाट शहरी विकाससंग सम्बन्धित मन्त्रीहरू सहभागी हुनेछन् भने नेपालबाट उपप्रधानमन्त्रीसमेत रहनुभएका सिंहकाे उपस्थिति रहनेछ ।

शहरी विकासकाबारे विश्व सम्मेलनमा उपप्रधानमन्त्री सिंहले ३ वटा सत्रलाई सम्बाेधन गर्नुहुनेछ । साे क्रममा उहाँले नेपालले वस्ति विकासका क्रममना भाेगेका समस्या, जलवायु परिवर्तनका कारण भाेगिरहेकाे समस्या र वस्ति विकासमा नेपालले हासिल गरेकाे उपलब्धिबारे संसारकाे ध्यानाकर्षण गराउनुहुनेछ । नेपालमा जलवायु परिवर्तनकाे असर धेरै देखिएकाले भविष्यमा जलवायु परिवर्तनले पनि असर नगर्ने गरि कसरी शहरीकरण र वस्ति विकास गर्न सकिन्छ भन्ने विषयलाई उपप्रधानमन्त्री सिंहले प्रमुख एजेन्डा बनाउनुहुनेछ । त्यस्तै शहरीकरणका लागि चुनाैति बनिरहेकाे खानेपानी, सरसफाई र शहरी पूर्वाधारकाे व्यवस्थापनकाे विषयलाई पनि नेपालले प्राथमिकताका साथ उठाउने तयारी गरेकाे छ ।

नाेभेम्बर ४ देखि ८ तारिखसम्म कायराेमा वर्ल्ड अर्बान फाेरमकाे कार्यक्रम हुँदैछ । वर्ल्ड अर्बान फाेरम शहरी विकासकाे क्षेत्रमा महत्वपूर्ण मानिन्छ ।उपप्रधानमन्त्री सिंहसँगै पत्नी सिर्जना सिंह, शहरी विकास मन्त्रालयका अधिकारीहरू कायराे प्रस्थान गरेका छन् । सिंह कार्यक्रममा सहभागि भएर शनिबार विहान साढे १० बजे स्वदेश फर्कनुहुनेछ ।


प्रकाशित मिति: १८ कार्तिक २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?