Trending
>>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा >>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

मोवाइल फुड ल्याव भ्यानबाट चाडपर्व लक्षित अनुगमनः कहाँ के फेला परे?


काठमाडाैं । यस विभागबाट मिति २०८१ कार्तिक ०६ गते काठमाडौँ उपत्यका भित्र मोवाइल फुड ल्याव भ्यानको प्रयोग गरी चाडपर्व लक्षित खाद्य पदार्थहरुको निरीक्षण अनुगमनका लागि टोली खटाई खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम निम्न खाद्य उद्योग एवं व्यवसायहरुको निरीक्षण अनुगमन, खाद्य पदार्थको नमूनाको प्रारम्भिक चेकजाँच तथा कारबाही गरिएको व्यहोरा सर्वसाधारण सबैको जानकारीका लागि यो प्रेस नोट जारी गरिन्छ ।

यस विभागमा प्राप्त गुनासोलाई संबोधन गर्ने क्रममा किम्ची फास्टफुड एण्ड तन्दुरी रेस्टुरेन्ट, काठमाडौँ-२९, अनामनगर भएको निरीक्षण अनुगमनमा काँचो तथा पकाएका खाद्य पदार्थ लेवल विवरण नलगाई एकै ठाउँमा नछोपी भण्डारण गर्ने गरेकोl सरसफाई संतोषजनक नरहेकोl प्रयोग गर्नु पर्ने मासु अघिल्लो दिनमै फ्राई गर्ने गरेको तथा पूर्ण लेवल विवरण नभएको स्लाइस्द ब्रेड प्रयोग गर्ने गरेको पाईयो l उक्त रेष्टुरेन्टमा दूध, घ्यू तथा प्रशोधित पिउने पानी गरी ५ वटा नमूनाहरु मोवाइल फुड ल्यावमा परिक्षण गरिएको छ। सो रेष्टुरेन्टलाई पूर्ण लेवल विवरण भएका खाद्य पदार्थ मात्र प्रयोग गर्न, सरसफाईमा ध्यान दिई खाद्य स्वच्छता कायम गर्न र मासु फ्राई कार्य प्रयोग गर्ने दिनमै गर्न निर्देशन दिनुका साथै खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम थप अनुसन्धान तथा कारवाही प्रकृया अगाडी बढाएको छ।

यसै गरी जम्काभेट रेस्टुरेन्ट एण्ड लाउन्ज प्रा.लि., काठमाडौँ-२९, अनामनगरमा भएको निरीक्षण अनुगमनमा तयारी खाद्य पदार्थ लेवल नलगाई भण्डारण गरेको र धमला डेरीबाट उत्पादित लेबल बिनाको बटर प्रयोग गर्ने गरेको पाइयो। तर किचेन र भण्डारण कक्षको सरसफाई सन्तोषजनक रहेको पाईयो l सो रेष्टुरेन्टमा दूध तथा प्रशोधित पिउने पानी गरी ३ वटा नमूनाहरु मोवाइल फुड ल्यावमा गरिएको प्रारम्भिक चेकजाँच गरिएको। लेबल विनाको बटर प्रयोग नगर्न निर्देशन दिएको छ ।

अनुगमनको सिलसिलामा बाजेको सेकुवा प्रा.लि., काठमाडौँ-२९, अनामनगरले तयारी खाद्य पदार्थ लेवल नलगाई भण्डारण गरेको, मसिजन्य कागजमा लेबल नलगाई प्रयोग गर्ने गरेको १ प्याकेट स्टिक नुडल्स भण्डारण कक्षमा फेला परेको। उक्त रेष्टुरेन्टमा प्रयोग गर्ने गरेको घ्यू तथा प्रशोधित पिउने पानी गरी २ वटा नमूनाहरु मोवाइल फुड ल्यावमा गरिएको चेकजाँच गरी लेवल नभएको नुडल्स नष्ट गरिएको, कृतिम रंगको प्रयोग मापदण्ड विपरित नगर्न र मसिजन्य कागजको प्रयोग नगर्न निर्देशन दिनुका साथै खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम कारवाही प्रकृया अगाडी बढाएको छ।


प्रकाशित मिति: ६ कार्तिक २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?