Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

आँधीपछि गरिएको सङ्कटकाल घोषणालाई बाइडेनद्वारा अनुमोदन


१३ चैत्र, एजेन्सी। अमेरिकी राष्ट्रपति जो बाइडनले दक्षिणी राज्य मिसिसिपीमा आएको विनाशकारी आँधीका कारण गरिएको सङ्कटकालको घोषणालाई अनुमोदन गरेका छन् ।

उनले सङ्कटकालको घोषणालाई अनुमोदन गर्दै शुक्रबारदेखि शनिबारसम्म ‘भीषण आँधीबेहरी, र चक्रवात” बाट प्रभावित क्षेत्रहरूमा पुनः स्थापना प्रयासहरूलाई पूरक बनाउन संघीय सहायताको आदेश दिएका छन् ।

मिसिसिपी आपतकालीन व्यवस्थापन निकायले एक विज्ञप्ति जारी गर्दै आइतबार साँझ राज्यको ठूलो हिस्सामा भीषण आँधीबेहरी आएको र यो अझै सक्रिय रहनसक्ने बताएको छ ।

विज्ञप्तिमा भनिएको छ, “मिसिसिपीमा खराब मौसमका कारण २५ जनाको मृत्यु भएको छ । अझै पनि विनाशकारी आँधी आउन सक्ने भएकोले सम्भव भएसम्म सुरक्षित स्थलमा रहन आग्रह गरिन्छ ।”

विपत् व्यवस्थापन निकायले ट्वीट् गर्दै भनेको छ, “चक्रवातको सम्भावनालाई नकार्न सकिंदैन ।”


प्रकाशित मिति: १३ चैत्र २०७९, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?