Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

कांग्रेस खेलकुद विभागकाे निर्णय: खेलकुद संघको अधिवेशन यथाशीघ्र


काठमाडाैं । नेपाली कांग्रेस खेलकुद विभागको बैठक विभागका प्रमुख उमेशजंग रायमाझीको अध्यक्षतामा पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी.नगर ललितपुरमा आज बस्यो । बैठकले निम्न निर्णयहरू गरेको छ—

(१) नेपाल लोकतान्त्रिक खेलकुद संघको अधिवेशन यथाशीघ्र गर्न विभागले समन्वय गर्ने निर्णय गर्दछ ।

(२) राष्ट्रिय खेलकुद परिषद्को पदाधिकारी एवं सदस्यहरु नियुक्ति गर्नका लागि नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय गर्दछ ।

(३) बाढी पहिरोमा परि दिवंगत हुनु भएका ६ जना खेलाडीहरु— (१) दिवश वानियाँ, (२) प्रितम आचार्य, (३) अनुपम प्रधान, (४) आदित्यवलम पाखी, (५) विकाश रेग्मी, (६) साईमन योञ्जन तथा अन्य दिवंगत महानुभावहरुमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँहरुको आत्माको चीर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनमा यो बैठक गहिरो समवेदना व्यक्त गर्दछ ।


प्रकाशित मिति: ४ कार्तिक २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?