Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

सय दिनमा के के गरे प्रकाशमान सिंहले?


काठमाण्डौ । शहरी विकास मन्त्रालयले सय दिनमा २६ वटा प्रशासकीय भवन निर्माण सम्पन्न गरेको जनाएको छ । उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले मन्त्रालय सम्हालेको सय दिनभित्र पालिकामा २५ वटा प्रशासकीय भवन निर्माण सम्पन्न गर्ने लक्ष्य लिएकोमा २६ वटा सम्पन्न गरेको मन्त्रालयका सचिव मणिराम गेलालले बताउनुभएको छ ।

आज मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा सचिव गेलालले सय दिनको अवधिमा ५० वटा झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य लिएकोमा ४० वटा सम्पन्न गरेको बताउनुभयो । मनसुनजन्य विपदका कारण बाँकी १० वटा थप्नलाई केही कठिनाइ भएको उहाँको भनाइ छ ।

विपदको समयमा समुदायलाई आश्रयस्थल उपलब्ध गराउन चार वटा आपत्कालीन केन्द्र बनाउने निर्णय भएको छ । जसमा कालीकोटको तिलागुफा नगरपालिका र जुम्लाको चन्दननाथ नगरपालिकामा ४० जना अट्ने तथा महोत्तरीको जलेश्वर नगरपालिका र सप्तरीको तिलाठी कोइलाडीमा सय जना अट्ने आपत्कालीन केन्द्र निर्माण गर्ने लक्ष्य अनुसार दुई वटा बनिसकेका र दुई वटाको केही काम मात्रै बाँकी रहेको सचिव गेलाले जानकारी दिनुभयो ।

सय दिनको बीचमा सोलुखुम्बु, पाँचथर, डँडेलधुरा, तेह्रथुम, धनकुटामा गरी सात वटा स्वास्थ्यका भवन पनि सम्पन्न भएका मन्त्रालयले जनाएको छ । त्यस्तै धरहरा शुल्क लिएर सञ्चालन गर्ने निर्णय पनि अब छिट्टै हुने सचिव गेलालले बताउनुभएको छ ।

१०० दिने उपलब्धिको०८१।०७।०१ सम्मको प्रगति


प्रकाशित मिति: ४ कार्तिक २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?