Trending
>>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल >>   ‘घर जलिरहेको बेला मानिसलाई फारम भर्न लगाइँदैन, तत्काल उद्धार गरिन्छ, जलवायु न्यायको अर्थ यही हुनुपर्छ’:प्रधानमन्त्री… >>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

सय दिनमा के के गरे प्रकाशमान सिंहले?


काठमाण्डौ । शहरी विकास मन्त्रालयले सय दिनमा २६ वटा प्रशासकीय भवन निर्माण सम्पन्न गरेको जनाएको छ । उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले मन्त्रालय सम्हालेको सय दिनभित्र पालिकामा २५ वटा प्रशासकीय भवन निर्माण सम्पन्न गर्ने लक्ष्य लिएकोमा २६ वटा सम्पन्न गरेको मन्त्रालयका सचिव मणिराम गेलालले बताउनुभएको छ ।

आज मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा सचिव गेलालले सय दिनको अवधिमा ५० वटा झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य लिएकोमा ४० वटा सम्पन्न गरेको बताउनुभयो । मनसुनजन्य विपदका कारण बाँकी १० वटा थप्नलाई केही कठिनाइ भएको उहाँको भनाइ छ ।

विपदको समयमा समुदायलाई आश्रयस्थल उपलब्ध गराउन चार वटा आपत्कालीन केन्द्र बनाउने निर्णय भएको छ । जसमा कालीकोटको तिलागुफा नगरपालिका र जुम्लाको चन्दननाथ नगरपालिकामा ४० जना अट्ने तथा महोत्तरीको जलेश्वर नगरपालिका र सप्तरीको तिलाठी कोइलाडीमा सय जना अट्ने आपत्कालीन केन्द्र निर्माण गर्ने लक्ष्य अनुसार दुई वटा बनिसकेका र दुई वटाको केही काम मात्रै बाँकी रहेको सचिव गेलाले जानकारी दिनुभयो ।

सय दिनको बीचमा सोलुखुम्बु, पाँचथर, डँडेलधुरा, तेह्रथुम, धनकुटामा गरी सात वटा स्वास्थ्यका भवन पनि सम्पन्न भएका मन्त्रालयले जनाएको छ । त्यस्तै धरहरा शुल्क लिएर सञ्चालन गर्ने निर्णय पनि अब छिट्टै हुने सचिव गेलालले बताउनुभएको छ ।

१०० दिने उपलब्धिको०८१।०७।०१ सम्मको प्रगति


प्रकाशित मिति: ४ कार्तिक २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?