Trending
>>   रवि लामिछाने विरुद्ध मुद्दा फिर्ता गर्ने निर्णयसम्बन्धी रिटमाथि आज सर्वोच्च अदालतमा बहस हुँदै >>   पुरानै राजनीतिक संस्कार बोकेर हिँड्यौँ भने जनताले पाँच वर्ष भन्दा टिक्न दिँदैनन्ः सांसद पोखरेल >>   शिक्षामा ५५ बुँदे सुधार र वडा तहमा बजेटको विकेन्द्रीकरण, वडा अध्यक्षहरूलाई शक्तिशाली बनाइयो : मेयर… >>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर) >>   लघुवित्त संस्थाहरुमा सुशासनको कमीः उपाध्यक्ष श्रेष्ठ >>   ‘उत्पादनशील योजनामा मात्रै ऋण परिचालन गर्नू’ >>   तत्कालीन पर्यटन सचिव अधिकारीसहित २१ जना व्यक्ति र २ कम्पनी विरुद्ध मुद्दा दायर
Logo
९ चैत्र २०८२, सोमबार
९ चैत्र २०८२, सोमबार

मिर्गौला चिरिएका युवकको सफल शल्यक्रिया !


काठमाडौं । फुटवल खेल्दा मिर्गौला चिरिएर गम्भिर एक किशोरको नेपाल मेडिकल कलेजमा सफल उपचार भएको छ । फुटवल खेल्ने क्रममा विपक्षी खेलाडीको घुँडाले करङमा लाग्दा गम्भिर घाइते भएका सिन्धुपाल्चोक भोटेचौरका रोविन तामाङको मिर्गौला नै चिरिएकोमा कलेजका युरोलोजिस्ट तथा किड्नी ट्रान्सप्लान्ट सर्जनले सफल शल्यक्रिया गरेका हुन् ।

उनको असोज २० गते नेपाल मेडिकल कलेजका युरोलोजिस्ट तथा किड्नी ट्रान्सप्लान्ट सर्जन डा. वेश अन्सारीको टीमले शल्यक्रिया गरी मिर्गौला जोडिदिएका हुन् । ‘अत्याधिक ब्लिडिङका कारण मिर्गौला नै छोपिएको थियो, पछि सिटी स्क्यान गरेर हेर्दा मात्रै मिर्गौला काटिएको देखियो । त्यसबेलासम्म शरीरमा रगतको मात्रा घटिसकेको थियो ।’ कलेजका युरोलोजिस्ट तथा किड्नी ट्रान्सप्लान्ट सर्जन डा.वेश अन्सारीले बताए, ‘त्यसपछि तत्कार्ल शल्यक्रिया गरी सिलाएर जोड्यौं । अहिले उनको अवस्थामा सुधार भइरहेको छ ।’ मिर्गौलाको शल्यक्रियामा डा. अन्सारीलाई कलेजका रेजिडेन्ट डा. विधान र डा. हेमन्तले साथ दिएका थिए ।

असोज १७ गते माकलबारीस्थित मनकामना फुटसलमा फुटवल खेल्ने क्रममा रोविन विपक्षी खेलाडीको घुँडाले करङ मुनी लागेर त्यही ढलेका थिए । त्यसपछि साथीभाईहरुले उठाएर घर पठाए । करङ मुनीको भागमा अत्याधिक दुखाई भइरहेपनि उनी सोही दिन मनकामना स्कुलमा परीक्षा दिन गएका थिए । परीक्षा सकेर घर पुग्दासमेत दुखाई कम नभएपछि उनको परिवारले दिउसो १ बजे नेपाल मेडिकल कलेजको इमरजेन्सीमा उपचारार्थ ल्याएका थिए ।

डा. अन्सारीका अनुसार रोविनको कम्मरमाथीको भागमा घुँडाले लाग्दा मिर्गौलामै चोट लागेको हो । ‘दुर्घटना हुँदा मिर्गौलालाई चोट लाग्ने संभावना हुन्छ । तर, फुटवल खेल्दा नै झण्डै मिर्गौला नै दुई टुक्रा हुने अवस्था हुनु नौलो विषय रह्यो ।’ उनका अनुसार रोविनको मिर्गौला पूर्णरुपमा स्वस्थ हुन केही महिना लाग्छ । ‘शल्यक्रिया राम्रो भएको छ । दुवै मिर्गौलाले राम्ररी काम गरिरहेको छ ।’ डा. अन्सारीका अनुसार यदी शल्यक्रियामा ढिलाई भएको भए उनको मिर्गौलाले कामै गर्न नसक्ने अवस्था बन्दथ्यो ।

आमा रोजी तामाङले शल्यक्रिया सफल भएपछि उपचारमा संलग्न डाक्टर, नर्स तथा कर्मचारीलाई धन्यवाद दिएका थिए । ‘मेरो छोराको अवस्था देखेर सारै डर लागेको थियो । किड्नी पनि सिलाउँछ र भन्ने थियो । तर, डा. सावहरुले गरेरै देखाउनु भयो । मेरो छोराको ज्यान बचाइदिनु भएकोमा उहाँहरु सबैलाई धन्यवाद दिन्छु ।’

कलेजले मिर्गौला विशेषज्ञका रुपमा डा. वेश अन्सारीलाई भित्र्याएपछि पछिल्लो समय नेपाल मेडिकल कलेजमा मिर्गौला र मुत्रासयका जटिल उपचारहरु सम्भव भइरहेका छन् । डा. वेश अन्सारीले दुई वर्षयता नेपाल मेडिकल कलेजमा युरोलोजिस्ट तथा मिर्गौला ट्रान्सप्लान्ट सर्जनका रुपमा सेवा दिइरहेको छ ।


प्रकाशित मिति: २ कार्तिक २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?