Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
३० आश्विन २०८३, शुक्रबार
३० आश्विन २०८३, शुक्रबार

अन्तरमनबाट पारदर्शी र खुला दिलले दिएको जग्गामा कुनै लेनादेना छैन : एमाले


काठमाडौँ । सरकारको नेतृत्वकर्ता नेकपा (एमाले) ले पार्टीको केन्द्रीय कार्यालय निर्माणका लागि पार्टीका शुभेच्छुक मीनबहादुर गुरुङ र सावित्री गुरुङबाट कीर्तिपुर नगरपालिका वडा नम्बर २, मैत्रीनगरस्थित १० रोपनी १४ आना जग्गा निःशुल्क (दान) प्राप्त भएको जग्गामा कुनै किसिमको लेनादेना नभएको बताएको छ।

पार्टी केन्द्रीय कार्यालय बनाउन भन्दै प्राप्त भएको जग्गाको विषयमा गलत प्रचार भएको भन्दै बुधबार विज्ञप्ति सार्वजनिक गर्दै एमाले केन्द्रीय प्रचार तथा प्रकाश विभाग प्रमुख राजेन्द्र गौतमले यस्तो बताएका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘‘अन्तरमनबाट पारदर्शी र खुला दिलले उहाँले दान गर्नुभएको जग्गालाई हामीले स्वीकार गरेका हौँ। यसमा कुनै किसिमको पनि सौदाबाजी र लेनादेना छैन। उहाँका नाममा विचाराधीन रहेका मुद्दाको बारेमा उहाँ आफैँले फेस गर्ने हो, संविधान, कानुनभन्दा माथि कोही पनि छैन।’’

दान गरेको जग्गा असोज २४ गते बसेको एमाले सचिवालयको ३८ औँ बैठकले संस्थागत रूपमा स्वीकार गरिसकेको विज्ञप्तिमा प्रस्ट पारिएको छ।


प्रकाशित मिति: ३० आश्विन २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?