Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

एमालेलाई जग्गा दान गर्ने मीनबहादुरसँग प्रभु साहले मागे जग्गा !


सिरहा । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले पार्टी कार्यालय निर्माणका लागि भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङसँग जग्गा माग गरेका छन् ।दसैँ, तिहार तथा छठ पर्वको शुभ सिराहाको गोलबजारमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा अध्यक्ष साहले पार्टीको केन्द्रीय कार्यालय निर्माणका लागि गुरुङसँग जग्गा माग गरेका हुन् ।

‘अर्बौँको सम्पत्ति भएको, तीनै तहको सरकारमा सहभागी नेकपा (एमाले) लाई जग्गा दान गरी पार्टी कार्यालय बनाइदिने भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले हामी जस्तो गरिब पार्टीको कार्यालय पनि बनाइदिए हुन्थ्यो नि !’, व्यङ्ग्यात्मक शैलीमा साहले भने, ‘अर्बौँको सम्पत्ति एक अरबपति पार्टीलाई दान गरिएको छ । दान त गरिब, असहाय, निमुखालाई पो गरिन्छ ।’ आजपाले हाल कोटेश्वरस्थित भाडाको कार्यालयबाट आफ्नो गतिविधि गर्दै आएको छ ।

प्रधानमन्त्री, मन्त्री, मुख्यमन्त्री, मेयर भएको पार्टीलाई गुरुङले दिएको जग्गा दान नभएर खुलमखुला घुस दिएको साहको भनाइ छ ।आफ्नो पार्टी कार्यालय आफै बनाउन नसक्ने एमालेबाट मुलुक समृद्ध हुन नसक्ने भन्दै अध्यक्ष साहले मुलुकलाई समृद्ध बनाउने जिम्मेवारी प्रभु साह लिन तयार रहेको बताए ।

‘मुलुकको निर्माण कार्य ठप्प छ । तोकिएकै समयमा निर्माण कार्य हुन नसकेर मुलुक बर्बाद भएको छ । महेन्द्र राजमार्ग, हुलाकी राजमार्ग लथालिङ्ग छ’, साहले प्रश्न गर्दै भने, ‘काठमाडौँको तीनकुने र कालीमाटीको पुल बनाउन नसक्ने प्रधानमन्त्रीजीले मुलुक समृद्ध कसरी बनाउनुहुन्छ ? उहाँले त आफ्नो पार्टी कार्यालय बनाउन सक्नुभएको छैन, मुलुक समृद्ध बनाउने कुरा भ्रम मात्रै हो ।’


प्रकाशित मिति: २९ आश्विन २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?