Trending
>>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस् >>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु
Logo
३० आश्विन २०८३, शुक्रबार
३० आश्विन २०८३, शुक्रबार

एमालेलाई जग्गा दान गर्ने मीनबहादुरसँग प्रभु साहले मागे जग्गा !


सिरहा । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले पार्टी कार्यालय निर्माणका लागि भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङसँग जग्गा माग गरेका छन् ।दसैँ, तिहार तथा छठ पर्वको शुभ सिराहाको गोलबजारमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा अध्यक्ष साहले पार्टीको केन्द्रीय कार्यालय निर्माणका लागि गुरुङसँग जग्गा माग गरेका हुन् ।

‘अर्बौँको सम्पत्ति भएको, तीनै तहको सरकारमा सहभागी नेकपा (एमाले) लाई जग्गा दान गरी पार्टी कार्यालय बनाइदिने भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले हामी जस्तो गरिब पार्टीको कार्यालय पनि बनाइदिए हुन्थ्यो नि !’, व्यङ्ग्यात्मक शैलीमा साहले भने, ‘अर्बौँको सम्पत्ति एक अरबपति पार्टीलाई दान गरिएको छ । दान त गरिब, असहाय, निमुखालाई पो गरिन्छ ।’ आजपाले हाल कोटेश्वरस्थित भाडाको कार्यालयबाट आफ्नो गतिविधि गर्दै आएको छ ।

प्रधानमन्त्री, मन्त्री, मुख्यमन्त्री, मेयर भएको पार्टीलाई गुरुङले दिएको जग्गा दान नभएर खुलमखुला घुस दिएको साहको भनाइ छ ।आफ्नो पार्टी कार्यालय आफै बनाउन नसक्ने एमालेबाट मुलुक समृद्ध हुन नसक्ने भन्दै अध्यक्ष साहले मुलुकलाई समृद्ध बनाउने जिम्मेवारी प्रभु साह लिन तयार रहेको बताए ।

‘मुलुकको निर्माण कार्य ठप्प छ । तोकिएकै समयमा निर्माण कार्य हुन नसकेर मुलुक बर्बाद भएको छ । महेन्द्र राजमार्ग, हुलाकी राजमार्ग लथालिङ्ग छ’, साहले प्रश्न गर्दै भने, ‘काठमाडौँको तीनकुने र कालीमाटीको पुल बनाउन नसक्ने प्रधानमन्त्रीजीले मुलुक समृद्ध कसरी बनाउनुहुन्छ ? उहाँले त आफ्नो पार्टी कार्यालय बनाउन सक्नुभएको छैन, मुलुक समृद्ध बनाउने कुरा भ्रम मात्रै हो ।’


प्रकाशित मिति: २९ आश्विन २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?