Trending
>>   रवि लामिछानेको अभियोगपत्र संशोधनसम्बन्धी मुद्दा ‘हेर्दाहेर्दै’ मा मंगलबारका लागि सारियो >>   विश्वविद्यालयमा तालाबन्दी अन्त्य र ‘सेन्ट्रल स्कलरसिप पोर्टल’ नेविसंघको नयाँ एजेण्डा >>   नेपाली चलचित्र पहाडको ‘मोहनी लगाउने’ सार्वजनिक >>   रवि लामिछाने विरुद्ध मुद्दा फिर्ता गर्ने निर्णयसम्बन्धी रिटमाथि आज सर्वोच्च अदालतमा बहस हुँदै >>   पुरानै राजनीतिक संस्कार बोकेर हिँड्यौँ भने जनताले पाँच वर्ष भन्दा टिक्न दिँदैनन्ः सांसद पोखरेल >>   शिक्षामा ५५ बुँदे सुधार र वडा तहमा बजेटको विकेन्द्रीकरण, वडा अध्यक्षहरूलाई शक्तिशाली बनाइयो : मेयर… >>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर)
Logo
१० चैत्र २०८२, मंगलवार
१० चैत्र २०८२, मंगलवार

उत्तर कोरियासँगको रक्षा सम्झौता ‘स्पष्ट’रुस


काठमाडौँ । क्रेमलिनले उत्तर कोरियासँगको आफ्नो रक्षा सम्झौताको अर्थ ‘स्पष्ट’ रहेको बताएको छ ।

प्योङयाङले दक्षिण कोरियातर्फ जाने सडकहरू नष्ट गरेपछि तनाव बढेको बेला क्रेमलिनको उक्त टिप्पणी आएको हो । उत्तर कोरियाले मंगलवार अत्यन्त प्रतीकात्मक सडकहरूमा खण्डहरू नष्ट गरेको थियो । यसको जवाफमा सोलले ‘प्रति-आक्रमण’ अभियान सञ्चालन गरेको थियो ।

जुन महिनामा रुस र उत्तर कोरियाबीच हस्ताक्षर गरिएको सम्झौताका बारेमा सोधिएको प्रश्नमा क्रेमलिनले शब्दावली ‘स्पष्ट पार्न आवश्यक छैन’ भनेको छ । उक्त सम्झौताले कुनै पनि मुलुकले आक्रमणको सामना गर्नुपरेमा ‘पारस्परिक सहायता’ प्रदान गर्ने व्यवस्था गरेको छ । “यो पूर्णतया स्पष्ट छ, मुख्य कुरा भनेको सन्धिले सुरक्षासहित सबै क्षेत्रमा रणनीतिक, गहन सहयोगको परिकल्पना गर्दछ”, प्रवक्ता दिमित्री पेसकोभले भने ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले प्योङयाङको भ्रमणमा उक्त सम्झौतामा हस्ताक्षर गरेका थिए । हस्ताक्षर कार्यक्रममा उत्तर कोरियाली नेता किम जोङ उनलाई पुटिनले उत्तर कोरियाको ‘सबैभन्दा प्रिय मित्र’ भनेर प्रशंसा गरेका थिए । उत्तर कोरियाले मस्कोलाई युक्रेनमा प्रयोग गर्न हतियार दिइरहेको पश्चिमी मुलुकहरूको विश्वास छ । युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले गत साता प्योङयाङलाई आफ्नो मुलुकमा सैनिक पठाएको आरोप लगाएका थिए ।

पुटिनले उत्तर कोरियासँगको सम्झौता अनुमोदन गर्न विधायकहरूलाई एउटा विधेयक पठाएका छन् तर धेरै विवरण अझै अस्पष्ट छन् । विधेयकमा प्योङयाङ रुसको आणविक छाताअन्तर्गत पर्नेछ कि छैन भन्ने कुरा पनि समावेश छ ।


प्रकाशित मिति: २९ आश्विन २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?