Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

भारतीय विदेश मन्त्री एस जयशंकर पाकिस्तानमा


इस्लामाबाद । भारतीय विदेश मन्त्री सुबह्मण्यम जयशंकर मंगलबार सांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनका लागि पाकिस्तान पुगेका छन् । करिब एक दशकमा आफ्नो प्रतिद्वन्द्वी छिमेकी मुलुकको भ्रमण गर्ने उनी दिल्लीका पहिलो उच्च कूटनीतिज्ञ हुन् ।

विदेश मन्त्रालयका एक अधिकारीका अनुसार जयशंकरको विमान स्थानीय समयानुसार अपराह्न ३ः३० बजे राजधानी इस्लामाबाद नजिकैको विमानस्थलमा अवतरण भएको थियो । सरकारी टेलिभिजनले उनलाई फूलको गुच्छा प्रदान गरिरहेको देखाएको छ, तर स्वागत टोलीमा कुनै वरिष्ठ मन्त्रीहरू संलग्न थिएनन् ।

आणविक शक्ति सम्पन्न भारत र पाकिस्तान कट्टर प्रतिद्वन्द्वी हुन् । दुई मुलुकबीच दीर्घकालीन राजनीतिक तनाव छ । सन् १९४७ मा भारतीय उपमहाद्वीपको विभाजनपछि दुवै मुलुकले तीन वटा युद्ध र अनेकौँ साना झडप लडेका छन् ।


प्रकाशित मिति: २९ आश्विन २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?