Trending
>>   सुदूरपश्चिम रोयल्समाथि लुम्बिनी पूर्ण हाबी >>   तेस्रो एनपिएल सिजनको भव्य शुरुवातः लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सको ब्याटिङ >>   नेपाल प्रिमियर लिग (एनपीएल): नेपाली क्रिकेटको व्यावसायिक उडान र बढ्दो क्रेज >>   नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट शुरु >>   एमाले वरिष्ठ नेता भण्डारी स्वदेश फिर्ता >>   ब्राजिलको राष्ट्रपतिमा लुलाको जित, फ्लाभियो बोल्सोनारोले नतिजा अस्वीकार गरे >>   संघीय संसदमा ३६ विधेयक विचाराधीन, सात नयाँ विधेयक दर्ता >>   आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन >>   सरकारी कर्मचारीलाई ६० लाखसम्म ऋण, ब्याज सरकारले तिरिदिने तयारी >>   आजबाट शुरु हुँदै एनपिएलको उत्सव, लुम्बिनी र सुदूरपश्चिमबीच उद्घाटन खेल
Logo
११ कार्तिक २०८३, मंगलवार
११ कार्तिक २०८३, मंगलवार

मध्यपुर थिमि सहकारीको थिमि भैलः २०८१ लाई सम्मान


मध्यपुर थिमि बचत तथा ऋण सहकारी संस्थाले थिमि भैलः २०८१ का कलाकार तथा व्यवस्थापन समितिलाई सम्मान गरेको छ । आनुष्ठानिक नाच मध्येको थिमि भैलःलाई जीवन्त राख्ने, प्रवद्र्धन गर्ने र नयाँ पुस्तामा हस्तान्तरण गर्ने क्षेत्रमा ताहाननि टोलको भूमिकालाई मूल्यांकन गरी संस्थाले सम्मान गरेको बताइएको छ । संस्थाको १७ औं वार्षिक साधारणसभामा थिमि भैलः २०८१ व्यवस्थापन समितिका माइला प्रजापति तथा कलाकारहरु क्रमशः तृशल प्रजापति (ज्यापुंगः), अशोक प्रजापति (न्हापा भैलः), बाल मुकुन्द प्रजापति (लिपा भैलः), आयुष प्रजापति (न्हापा दागिं) र शाहील प्रजापति (लिपा दागिं)लाई दोसल्ला ओडाएर कदरपत्रसहित सम्मान गरेको हो ।

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठले नगरभित्र सञ्चालित सम्पूर्ण सहकारीलाई नगरपालिकाको सहकारी पुँजी संरक्षित कोष, न्यायाधिकरण र स्थिरीकोषमा आवद्ध हुन आह्वान गरे । सहकारी क्षेत्रको विकृति र समस्यालाई सम्बोधन गर्न नगरपालिकाले सहकारी ऐन र नियमावली बनाएर काम गरिरहेको बताए । उपप्रमुख श्रेष्ठले समस्यामा रहेका समुदायप्रति उत्तरदायि सहकारी संस्थालाई सुधार गर्ने मौका दिनुपर्नेमा जोड दिए ।

त्यस्तै, मध्यपुर थिमि नगरपालिका वडा नं। ८ का वडाध्यक्ष तथा सहकारी ऐन मस्यौदाकार रमेश थापाले स्थानिय स्तरमा सञ्चालित सहकारीमा मात्र बचत गर्न सम्पूर्ण सेयर सदस्यहरुलाई आह्वान गरे । ससाना पुँजीलाई चलायमान गर्न सहकारी संस्था काफी भएको बताउँदै वार्षिक रुपमा साधारणसभा गर्ने, हिसाब किताबलाई पारदर्शी ढंगले प्रस्तुत गर्ने तथा सामाजिक उत्तरदायित्व बहन गर्ने संस्थालाई विश्वास गर्न सकिनेमा जोड दिए ।


प्रकाशित मिति: २८ आश्विन २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?