Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

इजरायली आक्रमणमा कम्तीमा १८ प्यालेस्टाइनीको मृत्यु


एजेन्सी। इजरायली सेनाले उत्तरी र मध्य गाजा पट्टीमा गरेको आक्रमणमा आइतबार कम्तिमा १८ प्यालेस्टाइनीको मृत्यु भएको प्यालेस्टिनी स्रोतले जनाएको छ ।

इजरायलले मध्य गाजामा रहेको बुरेइज शरणार्थी शिविर र देइर अल–बालाहको बाहिरी भागलाई निशाना बनाएको प्यालेस्टिनी सुरक्षा अधिकारीहरूले सिन्ह्वालाई बताए । गोलाबारीमा सात जनाको ज्यान गएको र देइर अल–बालाहको अल–अक्सा अस्पतालमा लगिएको मेडिकल स्रोतले बताएको छ । साथै, इजरायली गोलाबारीले नुसेरात शरणार्थी शिविरमा रहेको आवासीय घरमा आक्रमण गर्दा एकै परिवारका आठ सदस्यको मृत्यु भएको स्थानीय स्रोतले जनाएको छ ।

यसैबीच, गाजाको सिभिल डिफेन्स अथोरिटीले आफ्नो टोलीले जबलियाको फालुजा क्षेत्रमा घरहरूमा फसेका तीन वटा शव र अन्य सात जनालाई बाहिर निकालेको बताएको छ ।

इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले आइतबार आफ्नो सेनाले गाजा स्ट्रिपमा विगत २४ घण्टामा करिब ४० वटा लक्ष्यमा आक्रमण गरेको र दर्जनौँ आतङ्ककारीलाई मारेको बताइएको छ ।


प्रकाशित मिति: २८ आश्विन २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?