Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

माओवादी केन्द्र एक्लै चुनाव लडेर जित्छ : अध्यक्ष प्रचण्ड


चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्रले उपनिर्वाचन र आम निर्वाचनमा एक्लै लड्ने बताएका छन् ।

प्रेस सेन्टर नेपाल चितवन शाखाले आज भरतपुर विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले माओवादी केन्द्र एक्लै चुनाव लडेर चुनाव जित्ने बताए ।

अध्यक्ष प्रचण्डले भने, “म प्रधानमन्त्रीबाट हटे पनि जनताको बीचमा राम्रो आधार बनेको छ । त्यसकारण एक्लै लड्छौँ र जित्छौ भन्ने आधार देशभरि घुमेर देखेको छु”, उनले भने । फरक प्रसङ्गमा उनले बाढी पहिरोजस्ता विपद्मा सबै एक हुनुपर्ने बताए । उनले राजनैतिक दल, सरकार र सामाजिक सङ्घसंस्थाहरु एक भएर पुनः निर्माणमा लाग्नुपर्ने बताए ।

अध्यक्ष दाहालले भने, “सरकारले उद्धार, राहत र पुनःस्थापनाको काम युद्धस्तरमा गर्नुपर्छ ।”


प्रकाशित मिति: २१ आश्विन २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?