Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
३० आश्विन २०८३, शुक्रबार
३० आश्विन २०८३, शुक्रबार

माओवादी केन्द्र एक्लै चुनाव लडेर जित्छ : अध्यक्ष प्रचण्ड


चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्रले उपनिर्वाचन र आम निर्वाचनमा एक्लै लड्ने बताएका छन् ।

प्रेस सेन्टर नेपाल चितवन शाखाले आज भरतपुर विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले माओवादी केन्द्र एक्लै चुनाव लडेर चुनाव जित्ने बताए ।

अध्यक्ष प्रचण्डले भने, “म प्रधानमन्त्रीबाट हटे पनि जनताको बीचमा राम्रो आधार बनेको छ । त्यसकारण एक्लै लड्छौँ र जित्छौ भन्ने आधार देशभरि घुमेर देखेको छु”, उनले भने । फरक प्रसङ्गमा उनले बाढी पहिरोजस्ता विपद्मा सबै एक हुनुपर्ने बताए । उनले राजनैतिक दल, सरकार र सामाजिक सङ्घसंस्थाहरु एक भएर पुनः निर्माणमा लाग्नुपर्ने बताए ।

अध्यक्ष दाहालले भने, “सरकारले उद्धार, राहत र पुनःस्थापनाको काम युद्धस्तरमा गर्नुपर्छ ।”


प्रकाशित मिति: २१ आश्विन २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?