Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

विद्युतीय गाडी दुर्घटना हुँदा चालकसहित तीन घाइते


हेटौँडा । मकवानपुर जिल्लाको बागमती गाउँपालिका-८ साततलेमा काठमाडौँबाट धरानतर्फ जाँदै गरेको प्रदेश १–०२०–००१ ज ४३२८ नम्बरको विद्युतीय गाडी दुर्घटना हुँदा चालकसहित तीन जना घाइते भएका छन् ।

शनिबार बिहान विद्युतीय गाडी अनियन्त्रित भइ सडक छेउको नालामा पल्टिदा गाडीका चालकसहित तीन जना घाइतेभएका छन्। घाइते हुनेमा चालक धनकुटा बुद्ध नगरपालिका –१ हिलेका वर्ष ५२ का देवी थापा, यात्रुहरु सोही स्थानकी वर्ष ३० की प्रमिला तामाङ र काठमाडौँ चाबहेलकी ४८ वर्षीया विना तामाङ लामा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार उक्त गाडीमा सवार चालकसहित १२ जनामध्ये तीन जना घाइते भएको र उहाँहरुको हेटौँडा उपमहागनर पालिका ११ स्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको छ ।


प्रकाशित मिति: १९ आश्विन २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?