Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

विद्युतीय गाडी दुर्घटना हुँदा चालकसहित तीन घाइते


हेटौँडा । मकवानपुर जिल्लाको बागमती गाउँपालिका-८ साततलेमा काठमाडौँबाट धरानतर्फ जाँदै गरेको प्रदेश १–०२०–००१ ज ४३२८ नम्बरको विद्युतीय गाडी दुर्घटना हुँदा चालकसहित तीन जना घाइते भएका छन् ।

शनिबार बिहान विद्युतीय गाडी अनियन्त्रित भइ सडक छेउको नालामा पल्टिदा गाडीका चालकसहित तीन जना घाइतेभएका छन्। घाइते हुनेमा चालक धनकुटा बुद्ध नगरपालिका –१ हिलेका वर्ष ५२ का देवी थापा, यात्रुहरु सोही स्थानकी वर्ष ३० की प्रमिला तामाङ र काठमाडौँ चाबहेलकी ४८ वर्षीया विना तामाङ लामा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार उक्त गाडीमा सवार चालकसहित १२ जनामध्ये तीन जना घाइते भएको र उहाँहरुको हेटौँडा उपमहागनर पालिका ११ स्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको छ ।


प्रकाशित मिति: १९ आश्विन २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?