Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

बस दुर्घटना हुँदा ७ जनाको मृत्यु !


मोटरसाइकल नहरमा खस्दा एक जनाको मृत्यु

पाकिस्तान । पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा एउटा बस खाल्डोमा खस्दा सात जनाको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएका अधिकारीहरूले बताएका छन् । बलुचिस्तानको प्रान्तीय राजधानी क्वेटाको ब्रुअरी बाइपास क्षेत्र नजिकै विवाह पाहुनाहरू बोकेको बस गहिरो खाल्डोमा खस्दा दुर्घटना हुँदा सात जनाको घटनास्थलमा नै मृत्यु भएको र अन्य ५९ जना घाइते भएको प्रान्तीय स्वास्थ्य मन्त्रालयका मिडिया संयोजक वसीम बेगले बताउनु भयो ।

घाइतेमध्ये अधिकांशको अवस्था चिन्ताजनक रहेको अधिकारीले जानकारी दिँदै दुर्भाग्यपूर्ण दुर्घटनाको शिकार हुनेमा महिला र बालबालिका रहेको बताउनु भयो । प्रारम्भिक अनुसन्धानमा गाडीको टायर फुटेर सडकबाट खसेर दुर्घटना भएको इलाका प्रहरीले जनाएको छ । दुर्घटनालगत्तै प्रहरी र उद्धार टोली घटनास्थलमा पुगेर घाइतेहरूलाई नजिकैको अस्पतालमा लगिएको थियो । पाकिस्तानमा मुख्यतया खराब सडक, खराब मर्मत गरिएको सवारी साधन र अव्यवसायिक सवारीका कारण सडक दुर्घटनाहरू प्रायः हुने गर्दछ ।


प्रकाशित मिति: १९ आश्विन २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?