Trending
>>   हतार र हतास मनस्थितिमा आएर राजीनामा दिएको थिइनँः सभापति थापा >>   मुलुकमा सुशासन कायम तथा शासकीय सुधारका सन्दर्भमा सरकारसँग सहकार्य गर्छौंः सभापति थापा >>   राष्ट्रिय स्वतन्त्र पार्टीको उदय हुनुमा प्रवासी नेपालीको ठूलो भुमिका छ : सोमनाथ सापकोटा >>   नेपाली तयारी पोशाकलाई विश्व बजारमा पुर्‍याउन ‘ऊलमार्क’ सँग सहकार्य, उच्च मूल्यका उत्पादनमा जोड >>   मध्यपूर्वको तनावले पर्यटकीय सिजनमै छैनन् पोखरामा पर्यटक >>   १ अर्ब ३४ करोड लागतमा बाह्रबिसे–कोदारी सडक स्तरोन्नति शुरु, तीन वर्षभित्र सक्ने तयारी >>   चैती छठ अन्तर्गत आज अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरिँदै >>   कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै त्रि–चन्द्रका विद्यार्थी आन्दोलित >>   रवि लामिछानेको अभियोगपत्र संशोधनसम्बन्धी मुद्दा ‘हेर्दाहेर्दै’ मा मंगलबारका लागि सारियो >>   विश्वविद्यालयमा तालाबन्दी अन्त्य र ‘सेन्ट्रल स्कलरसिप पोर्टल’ नेविसंघको नयाँ एजेण्डा
Logo
१० चैत्र २०८२, मंगलवार
१० चैत्र २०८२, मंगलवार

प्रतिनिधिसभाबाट शोक प्रस्ताव पारित


१२ चैत्र ,काठमाडौँ । प्रतिनिधिसभाले सविधानसभा सदस्य गणेशप्रसाद विमलीको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले बैठकमा राखेको उक्त शोक प्रस्तावलाई सभाले सर्वसम्मतिले पारित गरेको हो ।

बैठकमा उनको निधनप्रति शोक प्रकट गर्दै एक मिनेट मौनधारण गर्नाका साथै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरिएको थियो ।

नेपाली कांग्रेसबाट विस २०७० को संविधानसभा निर्वाचनमा समानुपातिक सदस्यका रुपमा निर्वाचित भई संविधान निर्माणमा उनले अतुलनीय योगदान पुर्याएका थिए।

लोकतान्त्रिक आन्दोलनहरूमा सदैव सक्रिय भूमिका निर्वाह गरेका एवं शालीन र सरल व्यक्तिका रुपमा परिचित विमलीको ७४ वर्षको उमेरमा यही चैत ७ गते मङ्गलबार निधन भएको थियो ।

प्रतिनिधिसभाको अर्काे बैठक यही चैत १५ गते दिउँसो १ बजे बस्नेछ ।


प्रकाशित मिति: १२ चैत्र २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?