Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

परराष्ट्रमन्त्री राणा स्वदेश फिर्ता


काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा स्वदेश फर्कनुभएको छ । परराष्ट्रमन्त्री राणा कतारको दोहामा आयोजित एशिया कोअपरेसन डायलग (एसिडी) को तेस्रो सम्मेलनमा भाग लिई शुक्रवार अपरान्ह स्वदेश फर्कनुभएको हो । क्यानाडाको टोरन्टोमा आयोजित विश्वका महिला विदेशमन्त्रीहरुको बैठक, अमेरिकाको न्युयोर्कमा आयोजित संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभा बैठकबाट सो सम्मेलनमा सहभागिता जनाउन परराष्ट्रमन्त्री राणा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कतार पुग्नुभएको थियो । आफ्नो विदेश भ्रमण नेपालको छवि बढाउन र समृद्धिका लागि बाह्य लगानी भित्र्याउने काममा फलदायी रहेको परराष्ट्रमन्त्री राणाले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘कतारमा एशीएन कोअपरेटिभ डाईलग थियो । त्यसमा २ वटा इस्यु थियो–एउटा एआईकै इस्यु थियो । त्यसमा अन्तराष्ट्रिय जगतले नै चासो देखायो । यी कुराहरुलाई हामीले राख्यौं त्यहाँ । बल्ड पिस, एशीयामा भइरहेको लडाईका विषयमा पनि कुरा भयो । त्यहाँ स्पोर्टस् डेभ्लोमेसीको कुरा पनि थियो । त्यसमा मैले नेपालमा माउन्टेरिङ र वाटर ¥याफ्टिङको एकदमै सम्भावना छ । हामी त्यसमा लिडरसिप लिनसक्छौं भन्ने कुरा राखेर आएको छु । एउटा मलाई एकदमै राम्रो के लाग्यो भने जुनै देशमा जाँदा पनि नेपालीलाई राम्रो भनेको पाइयो । नेपालको इमेज बढाउन, नेपालमा इन्भेष्टमेन्ट ल्याउन, नेपालको विकास गर्ने काममा लागि यो भ्रमण सफल भएको छ ।’ कतारमा आयोजित सम्मेलनमा एसिडी सम्मेलदनको क्रममा परराष्ट्रमन्त्री राणाले विभिन्न देशका समकक्षीहरुसँग द्विपक्षीय हितका विविध विषयमा छलफल गर्नुभएको थियो । —न्युज एजेन्सी नेपाल


प्रकाशित मिति: १८ आश्विन २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?