Trending
>>   दिनेशको उत्कृष्ट बलिङमा पुलिस विजयी >>   ‘शिक्षाभन्दा खेलकुद पहिलो’: खेलकुद मन्त्रालय अलग बनाउन सांसद लामिछानेको प्रश्ताव >>   ‘काँग्रेसमा ए टु जेड सबै खुइलिएका छन्, दम्भ त्यागेर एकताको बाटो रोजौँ’: वीरबहादुर बलायर >>   भृकुटीमण्डपमा तेस्रो नेशनल हर्टिकल्चर एक्स्पो हुँदै >>   पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीको गिरफ्तारीमा राज्यले विधि र प्रक्रिया मिच्योः नेता पाण्डे >>   सर्वोच्चको फैसला नआउन्जेलसम्म खड्का–कोईराला पक्षले गगनलाई सभापति नमान्ने >>   खेलकुदलाई विद्यालयको पाठ्यक्रममै जोड्ने शिक्षामन्त्री पोखरेलको घोषणा >>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’
Logo
१८ चैत्र २०८२, बुधबार
१८ चैत्र २०८२, बुधबार

हवाई यातायातको भाडादरलाई न्यायोचित बनाउँछौँः मन्त्री पाण्डे


काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले सरकारले हवाई यातायातको भाडादरलाई न्यायोजित बनाउने बताएका छन् ।

हवाई यातायातको भाडा ह्वात्तै बढाएको भन्दै यात्रुहरुले सरकारको आलोचना गरिरहेका बेला उहाँले चाडपर्व र विपत्तिको बेला यस क्षेत्रको भाडादरलाई न्यायोचित बनाउने कुरामा सरकारले सम्बन्धित पक्षसँग निरन्तर छलफल गरिरहेको बताएका हुन् । नेपाल हवाई यातायात नियन्त्रक संघले शुक्रवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले हवाई यातायातमा भाडा बढेको कुरा बाहिर आएको उल्लेख गर्दै त्यसलाई न्यायोचित र तर्कपूर्ण बनाउने कुरामा सरकार गम्भिर भएर लागि परेको बताए । उनले सम्बन्धित पक्षसँग छलफल गरेर सरकारले हवाई यातायातको क्षेत्रलाई सहज र सुलभ बनाउन चाहेको पनि बताएका छन्।  नेपालमा हवाई उडानको क्षेत्रको सम्भावना बढेर गएको स्पष्ट पार्दै त्यसलाई सहज बनाउने कुरामा पनि सरकार लागि परेको मन्त्री पाण्डेको भनाई थियो ।
उनले भने, ‘अहिले विपत्ति र चाडपर्वसँगै आएका बेलाकाले यहाँहरुमाथि चाप पनि परेको छ । नागरिक उडडयनप्रति चाप पनि परेको छ । त्यसलाई सहज बनाउने दिशामा भाडा बढेको कुरादेखि लिएर विभिन्न विषयहरु आएका छन् । यसलाई कसरी न्यायोचित बनाउने ? कसरी यसलाई तर्कपूर्ण बनाउने ? कसरी निजनेबल बनाउने ? भन्ने कुरामा मन्त्रालय शुरु नै दिनदेखि ११÷१२ गते ठूलो भिषण वर्षा भयो । हामीले १२ गते नै मन्त्रालयका आकस्मिक बैठक बसेर तत्काल निकायहरुलाई निम्त्याएर, तत्काल क्षेत्र र सरोकारलाई निम्त्याएर हामी काम गरिरहेका छौं । र यो निरन्तर छ । अहिले पनि हामीले एयरपोर्ट संवद्ध टयाक्सी व्यवसायीहरुसँग पनि बसेर छलफल गरेका छौं । राति प्लेन आउँछ । बिहानै प्लेन चढ्न आउनुपर्दछ । त्यसका लागि के सहजीकरण गर्न सक्नुहुन्छ ? कसरी यात्रुलाई सुविधा दिन सक्नुहुन्छ भनेर हामीले एयरलाईन्स, हेलिकप्टरसँग सम्बन्धित संस्थाहरुसँग पनि कुरा गरिरहेका छौं । यात्रुहरुलाई सहज र सजिलो बनाउने विषयमा छलफल गरिरहेका छौं ।’ 

कार्यक्रममा बोल्दै  मन्त्री पाण्डेले नेपाली आकाश सुरक्षित छ भन्ने सन्देश दिने गरी काम गर्न पनि सम्बन्धित पक्षलाई सचेत गराएका छन्  ।


प्रकाशित मिति: १८ आश्विन २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?