Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

हवाई यातायातको भाडादरलाई न्यायोचित बनाउँछौँः मन्त्री पाण्डे


काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले सरकारले हवाई यातायातको भाडादरलाई न्यायोजित बनाउने बताएका छन् ।

हवाई यातायातको भाडा ह्वात्तै बढाएको भन्दै यात्रुहरुले सरकारको आलोचना गरिरहेका बेला उहाँले चाडपर्व र विपत्तिको बेला यस क्षेत्रको भाडादरलाई न्यायोचित बनाउने कुरामा सरकारले सम्बन्धित पक्षसँग निरन्तर छलफल गरिरहेको बताएका हुन् । नेपाल हवाई यातायात नियन्त्रक संघले शुक्रवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले हवाई यातायातमा भाडा बढेको कुरा बाहिर आएको उल्लेख गर्दै त्यसलाई न्यायोचित र तर्कपूर्ण बनाउने कुरामा सरकार गम्भिर भएर लागि परेको बताए । उनले सम्बन्धित पक्षसँग छलफल गरेर सरकारले हवाई यातायातको क्षेत्रलाई सहज र सुलभ बनाउन चाहेको पनि बताएका छन्।  नेपालमा हवाई उडानको क्षेत्रको सम्भावना बढेर गएको स्पष्ट पार्दै त्यसलाई सहज बनाउने कुरामा पनि सरकार लागि परेको मन्त्री पाण्डेको भनाई थियो ।
उनले भने, ‘अहिले विपत्ति र चाडपर्वसँगै आएका बेलाकाले यहाँहरुमाथि चाप पनि परेको छ । नागरिक उडडयनप्रति चाप पनि परेको छ । त्यसलाई सहज बनाउने दिशामा भाडा बढेको कुरादेखि लिएर विभिन्न विषयहरु आएका छन् । यसलाई कसरी न्यायोचित बनाउने ? कसरी यसलाई तर्कपूर्ण बनाउने ? कसरी निजनेबल बनाउने ? भन्ने कुरामा मन्त्रालय शुरु नै दिनदेखि ११÷१२ गते ठूलो भिषण वर्षा भयो । हामीले १२ गते नै मन्त्रालयका आकस्मिक बैठक बसेर तत्काल निकायहरुलाई निम्त्याएर, तत्काल क्षेत्र र सरोकारलाई निम्त्याएर हामी काम गरिरहेका छौं । र यो निरन्तर छ । अहिले पनि हामीले एयरपोर्ट संवद्ध टयाक्सी व्यवसायीहरुसँग पनि बसेर छलफल गरेका छौं । राति प्लेन आउँछ । बिहानै प्लेन चढ्न आउनुपर्दछ । त्यसका लागि के सहजीकरण गर्न सक्नुहुन्छ ? कसरी यात्रुलाई सुविधा दिन सक्नुहुन्छ भनेर हामीले एयरलाईन्स, हेलिकप्टरसँग सम्बन्धित संस्थाहरुसँग पनि कुरा गरिरहेका छौं । यात्रुहरुलाई सहज र सजिलो बनाउने विषयमा छलफल गरिरहेका छौं ।’ 

कार्यक्रममा बोल्दै  मन्त्री पाण्डेले नेपाली आकाश सुरक्षित छ भन्ने सन्देश दिने गरी काम गर्न पनि सम्बन्धित पक्षलाई सचेत गराएका छन्  ।


प्रकाशित मिति: १८ आश्विन २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?