Trending
>>   दिनेशको उत्कृष्ट बलिङमा पुलिस विजयी >>   ‘शिक्षाभन्दा खेलकुद पहिलो’: खेलकुद मन्त्रालय अलग बनाउन सांसद लामिछानेको प्रश्ताव >>   ‘काँग्रेसमा ए टु जेड सबै खुइलिएका छन्, दम्भ त्यागेर एकताको बाटो रोजौँ’: वीरबहादुर बलायर >>   भृकुटीमण्डपमा तेस्रो नेशनल हर्टिकल्चर एक्स्पो हुँदै >>   पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीको गिरफ्तारीमा राज्यले विधि र प्रक्रिया मिच्योः नेता पाण्डे >>   सर्वोच्चको फैसला नआउन्जेलसम्म खड्का–कोईराला पक्षले गगनलाई सभापति नमान्ने >>   खेलकुदलाई विद्यालयको पाठ्यक्रममै जोड्ने शिक्षामन्त्री पोखरेलको घोषणा >>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’
Logo
१८ चैत्र २०८२, बुधबार
१८ चैत्र २०८२, बुधबार

सार्वजनिक खरिद ऐन संशोधन भएसँगै स्वदेशी वस्तु उपभोग कार्यविधिलाई मन्त्रीपरिषद्बाट पास गर्छौंः उद्योगमन्त्री भणडारी


काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सांसदहरुले अर्थ समितिबाट सार्वजनिक खरिद ऐन संशोधन पास गरे लगत्तै स्वदेशी वस्तु उपभोग कार्यविधिलाई मन्त्रीपरिषद्बाट पास गर्ने प्रतिवद्धता जनाएका छन् ।

बिहीवारबाट काठमाडौंमा शुरु भएको तेस्रो हिमालयन अन्तर्राष्ट्रिय एक्स्पो कार्यक्रममा बोल्दै उद्योगमन्त्री भण्डारीले पछिल्लो समय धेरै विधेयकहरु समितिहरुमा अल्झेर बसेकाले सरकारले काम गर्न नसकेको बताउदै उनले अर्थसमितिले सार्वजनिक खरिद ऐन तत्काल संशोधन पास गरेर सार्वजनिक निकायमा स्वदेशी वस्तु उपभोग कार्यविधिलाई आफूले अर्को दिन मन्त्रीपरिषद्बाट पास गर्न चाहेको बताएका छन् ।

उनले संघीय सरकार, संघीय संसददेखि स्थानीय तहसम्म सबै तहका सरकारहरु,निजामति क्षेत्र,सेना,प्रहरी,सशस्त्र प्रहरी,विद्यालयहरु लगायतका क्षेत्रमा स्वदेशी वस्तु उपभोग अभियान शुरु गर्न चाहेको बताउदै उनले सरकारले चाहे पनि यो अभियान शुरु गर्नुभन्दा सार्वजनिक खरिद ऐनलाई संशोधन गर्न आवश्यक रहेको बताए । उनले नेपाली वस्तुहरु विदेशमा निर्यातको लागि स्वीकृत दिन विद्युतीय व्यापार ऐन आवश्यक रहेको बताउदै उनले उक्त ऐन पनि उद्योग वाणिज्य समितिमा अड्किएर बसेको जानकारी दिएका छन् । उनले सरकारलाई स्वदेशी वस्तु उपभोग गराउन सरकारले नसकेको भन्दै सांसदहरुले प्रश्न मात्रै गर्ने तर समितिमा रहेका विधेयकहरु समयमा पास गर्न नसकेको बताएका छन् ।

उनले भने,‘संघीय सरकार,संघीय संसददेखि स्थानीय तहसम्म सबै तहका सरकारहरु,निजामति क्षेत्र,सेना,प्रहरी,सशस्त्र प्रहरी,विद्यालयहरु लगायतका क्षेत्रमा स्वदेशी वस्तु उपभोग अभियान शुरु गर्न चाहन्छौं । यो अभियान शुरु गर्नुभन्दा पहिला कार्यान्वयन गर्न बाधकको रुपमा रहेका सार्वजनिक खरिद ऐनलाई संशोधन गर्नुपर्छ । सार्वजनिक खरिद ऐन प्रधानमन्त्री कार्यालयको मातहतमा छ । ऐन संशोधनको प्रक्रियामा छ । अर्थ समिति सदस्य माननियले प्रश्न गर्नुभयो । तपाई अर्थ समितिबाट सार्वजनिक खरिद ऐन समयमा नै संशोधन गरिदिनुस् । सार्वजनिक निकायमा स्वदेशी वस्तु उपभोग कार्यविधिलाई म तपाईंले पारित गरेको अर्को दिन मन्त्रीपरिषद्बाट पास गर्न चाहन्छु । तर आज संसदका समितिहरुमा लामो समयदेखि रहेका ऐनहरु अल्झेर बसेका छन् । नेपाली वस्तुहरु विदेशमा निर्यातको लागि स्वीकृत दिन विद्युतीय व्यापार ऐन आवश्यक छ । त्यो ऐन समितिमा अड्किएर बसेको छ । सांसदहरुले प्रश्न मात्रै गर्ने तर समितिमा रहेका विधेयकहरु एक हप्ता भित्र पास गर्दछौं भनेर भन्न किन नसक्ने ? सांसदहरुको संशोधन प्रश्ताव स्वीकार गर्छु भनेर समितिमा पटक–पटक भनेको छु । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले विधेयकहरुमा राखेका संशोधनका प्रश्ताव सरकार स्वीकार गर्न तयार छ । तर समितिमा अल्झ्यार राखेको छ । एकले अर्कोलाई देखाउने भन्दा पनि समन्वय गरी मुलुकका वर्तमान समस्या समाधान गर्नुपर्छ ।’

सांसदहरुको संशोधन प्रश्ताव स्वीकार गर्छु भनेर समितिमा पटक–पटक भन्दा पनि समितिहरुले विधेयकहरु अगाडि बढाउन नसकेको बताउदै उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले विधेयकहरुमा राखेका संशोधनका प्रश्ताव सरकार स्वीकार गर्न तयार रहेको बताएका छन्।


प्रकाशित मिति: १७ आश्विन २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?