Trending
>>   सुनसरीमा ५९ मतदान स्थल अति संवेदनशीलः खुला सीमा र सद्भाव बनाई राख्नु प्रमुख सुरक्षा चुनौति >>   निर्माण व्यवसायीलाई ‘रुखमा बाँध्ने’ बालेनको अभिव्यक्तिप्रति महासंघको आपत्तिः माफी माग्न आग्रह >>   बालेनलक्षित ओलीको कटाक्षः बच्चाबच्चीलाई सोध्यो भनेपनि प्रधानमन्त्री बनिदिन्छु भन्नसक्छ >>   स्थानीय जनप्रतिनिधिले निर्वाचनमा प्रसारप्रसार गर्न पाइँदैनः सूचना अधिकारी घिमिरे >>   घण्टी बजाउँदै प्रचार गर्न नपाइने: निर्वाचन आयोगको स्पष्ट आदेश >>   नेपाल पर्यटन बोर्ड ऐन संशोधन गरिने >>   समाजिक सुरक्षा कोषमा १ खर्ब २ अर्ब जम्मा, कहाँ भइरहेको छ लगानी ? >>   पूर्वराजाबाट नभई राष्ट्रिय स्वतन्त्र पार्टीबाट लोकतन्त्र खतरामा छः एमाले >>   ‘बनेको बाटोमा हिँड्ने भन्दा पनि नयाँ बाटो खन्ने मान्छे हुँ’: अध्यक्ष ओली >>   ‘सही कुराका लागि मात्रै मेरो जिद्दी हो’: एमाले अध्यक्ष ओली
Logo
११ फाल्गुन २०८२, सोमबार
११ फाल्गुन २०८२, सोमबार

एशिया रग्बी सेभेन्स ट्रफीमा सुखद् प्रदर्शन गर्ने नेपालको लक्ष्य


काठमाडौँ । पहिलोपल्ट घरेलु भूमिमा एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी २०२४ मा प्रतिष्पर्धा गर्न लागेको नेपालको महिला र पुरुष टोली सुखद् प्रदर्शन गर्ने लक्ष्यमा छ ।

नेपालको पुरुष या महिला टोली पहिलोपल्ट सिनियरस्तरको एसिया रग्बी सेभेन्स ट्रफी घरेलु भूमिमा शुक्रवारदेखि खेल्दैछ । शुक्रवारदेखि दुई दिनसम्म एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी २०२४ काठमाडौंमा शुरु हुँदैछ । जहाँ नेपाली टोलीले आफ्नो प्रदर्शन सुधार गर्ने अपेक्षासहित लामो समयदेखि तयारी पनि गरेको छ । सिर्जना राईको कप्तानीमा रहेको नेपाली टोली र विक्रम पुरीको कप्तानीमा रहेको पुरुष टोलीले यसपल्ट सुखद् प्रदर्शन गर्ने अपेक्षा गरिएको छ । घरेलु भूमिमा हुने सेभेन्स ट्रफीलाई विशेष बनाउन नेपाली टोलीले करिव तीन महिनादेखि बन्द प्रशिक्षणसमेत गरेको छ ।

न्युजिल्याण्डका प्रशिक्षक फ्रेड मोए, नेपालका पूर्वकप्तान तथा प्रशिक्षक कृष्ण क्षेत्री र विनोद तामाङले नेपाली टोलीलाई प्रशिक्षण दिएका थिए । नेपालमा तेस्रोपल्ट एसियाली स्तरको रग्बी प्रतियोगिता हुन लागेको हो । एशिया रग्बीको आयोजना र नेपाल रग्बी संघको व्यवस्थापनमा एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी २०२४ हुन लागेको हो । शुक्रवारदेखि त्रिपुरेश्वरस्थित दशरथ
रंगशालामा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको नेपाल रग्बी संघका महासचिव गोविन्द घिमिरेले बिहीवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

यस सेभेन्स ट्रफीमा एशियाका १६ राष्ट्रले प्रतिस्पर्धा गर्ने भएकाछन् । पुरूषमा १४ र महिलामा सात राष्ट्रले प्रतिस्पर्धा गर्ने भएका हुन् । महिलामा आठ राष्ट्रको चुनौती तय थियो । आन्तरिक कारणले इरानको सहभागिता नभएको हो । इरानले महिला टोलीलाई सहभागी गराउन लागेको थियो । पुरुषततर्फ चार समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेलाइनेछ भएको छ । नेपालको समूह ‘बी’ मा बहराइन र उज्वेकिस्तानले चुनौती प्रस्तुत गर्ने भएका छन् ।

समूह ‘ए’ मा फिलिपिन्स, पाकिस्तान र जोर्डन, समूह ‘सी’ मा काजाकिस्तान, कतार, साउदी अरब र श्रीलंका तथा समूह ‘डी’ मा अफगानिस्तान, भारत, बंगलादेश र चाइनिज ताइपेईं छन् । महिलातर्फ सात राष्ट्रलाई दुई समूहमा बाँडिएको छ । समूह ‘ए’ मा नेपालसहित फिलिपिन्स र गुआम, उज्वेकिस्तान तथा समूह ‘बी’ मा भारत, इण्डोनेसियाले खेल्नेछन् । सेभेन्स ट्रफी खेल्ने सबै राष्ट्र नेपाल आइसकेको संघका महासचिव घिमिरेले जानकारी दिए ।

सेभेन्स ट्रफीको च्याम्पियन महिला तथा पुरुष टोलीले एशिया रग्बीको ट्रफीसहित स्वर्ण पदक, दोस्रो हुनेले रजत र तेस्रो हुने टोलीले कांस्य पदक प्राप्त गर्नेछन् । यो प्रतियोगिता एसिया रग्बी सेभेन्स सिरिज २०२५ को छनोटसमेत हो । नेपाल रग्बी संघका अध्यक्ष दीपक देवकोटाले कार्यक्रमलाई सफल र भव्य बनाउन सरोकारवालाई अनुरोध पनि गरेका छन् । उनले ५६ दिनको बन्द प्रशिक्षणसहित नेपाली टोलीले करिव ४ चार महिनाको तयारी गरेको उल्लेख गर्दै नेपालको लक्ष्य पाँचौं स्थान हासिल गर्नु रहेको बताए ।

सेभेन्स ट्रफीको पहिलो दिन ३० तथा दोस्रो दिन २० गरी कुल ५० खेल हुनेछन् । सिनियर स्तरको एशियाली रग्बी नेपालमा पहिलोपटक हुन लागेको पहिलो पटक हुन लागेको हो । यसअघि एसिया यु–१८ र एसिया यु–२० रग्बी सेभेन्स ट्रफी आयोजना गरेको थियो । आयोजकका अनुसार प्रतियोगिताको अनुमानित बजेट २ करोड १० लाख रुपैयाँ रहेको छ ।


प्रकाशित मिति: १७ आश्विन २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?