Trending
>>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ >>   आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याउछौँः वामदेव गौतम >>   ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र >>   देशको खाद्य सुरक्षा कायम गर्न सरकार लागिपरेको छः मन्त्री परियार >>   क्रान्तीकारी विकास आजको आवश्यकताः हर्क साम्पाङ >>   ओलीले महाविधेशन पञ्चायतको गाँउ फर्क शैलीमा गर्न खोजिरहेका छन्ः उपाध्यक्ष पाण्डे >>   तन्त्रमन्त्र गरी दुःख दिएको भन्दै हत्या >>   संक्रमणकालीन न्याय प्रक्रिया टुंग्याउनु आजको प्रमुख आवश्यकताः गृहमन्त्री अर्याल >>   सुशासन कमजोर भए भ्रष्टाचार मौलाउँछः अध्यक्ष मगर
Logo
२२ मंसिर २०८२, सोमबार
२२ मंसिर २०८२, सोमबार

एभरेस्ट महिला भलिबलः शिर्ष दुईमा काठमाडौंको सम्भावना बलियो


काठमाडौँ । काठमाडौं स्पाइकर्सले जारी एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल) मा तेस्रो जित निकाल्दै शिर्ष दुईको सम्भावना बलियो बनाउँदा मधेश युनाइटेड भने खराब प्रदर्शनसहित बाहिरिने भएको छ ।

बिहीवार लिगमा आफ्नो चौथो खेल खेलेका काठमाडौं स्पाइकर्सले मधेस युनाइटेडमाथि ३–१ को जित निकाल्दै अंकतालिका शिर्ष दुईको सम्भावना बलियो बनाएको हो । यता, मधेस भने लगातार चौथो हारसँगै बाहिरिने भएको छ । सेटमा अग्रता जोगाउन नसक्दा मधेसले हार व्यहोरेको हो । पहिलो सेट मधेसले २५–१५ ले सहजै आफ्नो बनाउँदै काठमाडौंविरुद्ध राम्रो शुरुवात गर्यो । प्रतिष्पर्धात्मक बनेको दोस्रो सेट काठमाडौं स्पाइकर्सले मधेस युनाइटेडलाई २५–२३ ले आफ्नो पक्षमा पार्दै बराबरीमा ल्यायो ।

तर त्यसपछि भने मधेसले लय जारी राख्न सकेन । तेस्रो सेट मधेसले २५–१५ ले सहजै गुमाएपछि काठमाडौं स्पाइकर्सले अग्रता लियो । चोथो सेटमा पनि मधेस लय फर्कन सकेन । यसको फाइदा लिँदै काठमाडौंले २५–१८ ले सहजै आफ्नो बनायो । यससँगै काठमाडौं स्पाइकर्सले उत्कृष्ट पुनरागमन गर्दै जारी लिगमा तेस्रो जित आत्मसात गरेको हो । काठमाडौं स्पाइकर्स चार खेलबाट ९ अंक बटुल्दै लिगको अंकतालिकामा दोस्रो स्थानमा उक्लिएको छ । भ्याली डर्बीमा काठमाडौंले ललितपुर क्विन्ससँग खराब हार व्यहोर्दै लिगको शुरुवात गरेको थियो ।

तर काठमाडौं स्पाइकरले त्यसपछि लगातार तीन खेल जित्दै फाइनलमा पुग्ने सम्भावना बलियो बनाएको हो । उषा भण्डारीको कप्तानीमा रहेको काठमाडौं स्पाइकर्स तीनै खेलमा सोझो सेटमै जित निकाल्दै लयमा फर्कियो । यता निरुता ठगुन्नाको कप्तानीमा रहेको मधेस चारै खेलमा सोझो सेटमै नतिजा सुम्पिँदा अझै अंकविहीन छ ।


प्रकाशित मिति: १७ आश्विन २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?