Trending
>>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

एभरेस्ट महिला भलिबलः शिर्ष दुईमा काठमाडौंको सम्भावना बलियो


काठमाडौँ । काठमाडौं स्पाइकर्सले जारी एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल) मा तेस्रो जित निकाल्दै शिर्ष दुईको सम्भावना बलियो बनाउँदा मधेश युनाइटेड भने खराब प्रदर्शनसहित बाहिरिने भएको छ ।

बिहीवार लिगमा आफ्नो चौथो खेल खेलेका काठमाडौं स्पाइकर्सले मधेस युनाइटेडमाथि ३–१ को जित निकाल्दै अंकतालिका शिर्ष दुईको सम्भावना बलियो बनाएको हो । यता, मधेस भने लगातार चौथो हारसँगै बाहिरिने भएको छ । सेटमा अग्रता जोगाउन नसक्दा मधेसले हार व्यहोरेको हो । पहिलो सेट मधेसले २५–१५ ले सहजै आफ्नो बनाउँदै काठमाडौंविरुद्ध राम्रो शुरुवात गर्यो । प्रतिष्पर्धात्मक बनेको दोस्रो सेट काठमाडौं स्पाइकर्सले मधेस युनाइटेडलाई २५–२३ ले आफ्नो पक्षमा पार्दै बराबरीमा ल्यायो ।

तर त्यसपछि भने मधेसले लय जारी राख्न सकेन । तेस्रो सेट मधेसले २५–१५ ले सहजै गुमाएपछि काठमाडौं स्पाइकर्सले अग्रता लियो । चोथो सेटमा पनि मधेस लय फर्कन सकेन । यसको फाइदा लिँदै काठमाडौंले २५–१८ ले सहजै आफ्नो बनायो । यससँगै काठमाडौं स्पाइकर्सले उत्कृष्ट पुनरागमन गर्दै जारी लिगमा तेस्रो जित आत्मसात गरेको हो । काठमाडौं स्पाइकर्स चार खेलबाट ९ अंक बटुल्दै लिगको अंकतालिकामा दोस्रो स्थानमा उक्लिएको छ । भ्याली डर्बीमा काठमाडौंले ललितपुर क्विन्ससँग खराब हार व्यहोर्दै लिगको शुरुवात गरेको थियो ।

तर काठमाडौं स्पाइकरले त्यसपछि लगातार तीन खेल जित्दै फाइनलमा पुग्ने सम्भावना बलियो बनाएको हो । उषा भण्डारीको कप्तानीमा रहेको काठमाडौं स्पाइकर्स तीनै खेलमा सोझो सेटमै जित निकाल्दै लयमा फर्कियो । यता निरुता ठगुन्नाको कप्तानीमा रहेको मधेस चारै खेलमा सोझो सेटमै नतिजा सुम्पिँदा अझै अंकविहीन छ ।


प्रकाशित मिति: १७ आश्विन २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?