Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

बाढी पीडितका लागि दश लाख रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण


काठमाडौँ ।नेपाल–भारतमैत्री संघले बल्खुका बाढी पीडितका लागि दश लाख रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण गरेको छ ।

बिहीवार एक कार्यक्रमको आयोजना गरी नेपाल–भारतमैत्री संघले बल्खुका बाढी पीडिहरुका नेपाल चिकित्सक संघमार्फत दश लाख रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण गरेको हो । बाढीले बल्खु क्षेत्रमा धेरै क्षति पुगेको अवस्थामा चिकित्सक संघको आग्रह बमोजिम नेपाल–भारतमैत्री संघले सो राहत सामग्री हस्तान्तरण गरेको अध्यक्ष जानुका कार्की गिरीले बताएकी छिन । राहत सामग्रीमा खाद्यान्न, औषधि, ब्याङ्क्वेट, कम्बलहरु लगायत बहुउपयोगि सामग्रीहरु रहेको बताउदै उनले वास्तविक पीडितलाई राहत उपलब्ध गराउन पनि आग्रह गरेकी छिन् ।
उनले भनिन्,‘बल्खु क्षेत्रमा धेरै क्षति पुगेको हुँदा चिकित्सक संघको सम्पूर्ण टिमले आग्रह गरे अनुरुप हामीले राहत सामग्रीहरु खाद्यान्न, औषधि, ब्याङ्क्वेट, कम्बलहरु लगायत बहुउपयोगि सामानहरु हस्तान्तरण गरेका छौँ । उहाँहरुले उचित व्यवस्थापन गर्नुहुन्छ भन्ने हामीलाई आशा लागेको छ । अझै गर्नुपर्ने सहयोग हामी गर्दै जान्छौँ । पीडितहरुको हातमा परोस् । अरुको हातमा नपरोस् ।’

कार्यक्रममा बोल्दै नेपाल चिकित्सक संघको अध्यक्ष डा. अनिल कार्कीले आफूहरुले बल्खु क्षेत्रमा गएर स्वास्थ्य सेवा सँगसँगै राहत वितरण गर्ने बताउदै उनले बल्खुमा दुई दिन भित्रमा मेडिकल क्याम्पसहित आफूहरु जाने र राहत वितरण गर्ने बताएका छन्।
उनले भने,‘यो जुन राहत हस्तान्तरण गर्नुभएको छ, हामीले स्वास्थ्य सेवा सँगसँगै जोडेर वितरण गर्नेछौँ । भोलि या पर्र्सि बल्खुमा मेडिकल क्याम्पसहित राहत वितरण गर्नेछौँ ।’

उनले विपद्को बेलामा आगामी दिनमा पनि नेपाल–भारतमैत्री संघले यस्तै सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् ।


प्रकाशित मिति: १७ आश्विन २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?