Trending
>>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता >>   विशेष महाधिवेशनबाट कांग्रेस महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे चयन >>   कांग्रेसमा नयाँ नेतृत्वः गगन थापा सभापति, शर्मा–भुसाल उपसभापति >>   एकदर्जन बैंकहरुले घटाए ब्याजदर,कुनले कति ब्याज दिन्छन् ? >>   पार्टीमा कुनै नेता विशेषको प्रचार गर्नु राम्रो होइनः माधवकुमार नेपाल >>   निर्वाचनमा हामी जनताको घरदैलो अभियानमा केन्द्रित हुन्छौँः पुष्पकमल दाहाल >>   हाम्रो माग देउवा बाहेक अरुलाई प्रधामन्त्री तोकेर जाउँ भन्ने मात्रै होः गगन थापा >>   लायन्स क्लब अफ काठमाडौं ब्राईटस्टार द्दारा खाना तथा स्टेसनरी बितरण >>   काँग्रेस संस्थापन पक्षका नेताहरुको निष्कर्षः ‘जारी विशेष महाधिवेशन पार्टी विधानविपरित छ’ >>   पार्टी विभाजन गर्न कोही नलागौँः रामहरि खतिवडा
Logo
२ माघ २०८२, शुक्रबार
२ माघ २०८२, शुक्रबार

रात्रीकालिन बसलाई नरोक्नेमाथि कारबाहीको प्रक्रिया अगाडी बढेको छः मन्त्री दाहाल


काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले असोज ११ र १२ गते सरकारको पूर्वसूचना विपरित यातायातका साधन सञ्चालन गरिएको भन्दै यस सम्बन्धाम छानविन भइरहेको बताएका छन् ।

बिहीवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री दाहालले जल तथा मौसम विज्ञान विभागले सूचना जारी गर्दागर्दै रात्रिकालिन बस चलाइएको भन्दै सो विषय खोजीको विषय भएको बताएका छन् । उनले विपद् भएका ठाउँमा सम्बन्धित प्रहरी निकायहरुले बस नरोकेको भन्दै त्यस सन्दर्भमा कारबाहीको प्रक्रिया अगाडी बढेको र वैकल्पिक राजमार्गबाट यात्रुहरुलाई काठमाडौं बाहिर जानुपर्दा यातायात व्यवसायीले केही रकम बढी लिनु स्वभाविक भएको भन्दै अध्याधिक भाडा बढाएमा भने अनुगमन हुने बताएका छन् ।

उनले भने, ‘यातायातको शुल्कको सम्बन्धमा अलि घुमाएर लादाखेरी अलिअलि हामीले आँखा पनि चिम्लिदिएका छौँ । सिधा बाटोको साटो अलिकति घुमाएर लाँदा थोरै शुल्क बढायो भने त त्यसलाई आँखा चिम्लिन सकिन्छ तर अत्याधिक बढायो भने त्यसको अनुगमन गर्नैपर्छ । नियमित भाडाभन्दा बढी भयो भने त्यसको अनुगमन गर्नका लागि हामीले अनुगमन संयन्त्र पनि बनाएका छौँ । नेपाल प्रहरी र यातायात व्यवस्था विभागले समन्वय गरेर काम गरिरहेको अवस्था छ । जल तथा मौसम विज्ञान विभागले सूचना जारी गर्दागर्दै पनि किन बस आयो र यस्तो दुर्घटना भयो भन्ने कुराको सन्दर्भमा हामी गम्भिर नै भएका छौँ । किन त्यस्तो भयो ? सम्बन्धित प्रहरी, जहाँबाट गाडी छोड्नुपथ्र्यो त्यहाँबाट किन छोडियो भन्ने सन्दर्भमा खोजिको विषय भएको छ र त्यस सन्दर्भमा कारबाहीको प्रक्रिया पनि अगाडी बढेको छ । किनभने पानी परेको बेलामा रातिको समयमा गाडी नचलाउनु भनेर एलर्ट गरिसकेको अवस्थामा पनि त्यस्तो स्थिति भयो ।

उनले अवरुद्ध सडक सञ्जाल सुचारु गर्न प्रयास भइरहेको बताएका छन् ।


प्रकाशित मिति: १७ आश्विन २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?