Trending
>>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ >>   आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याउछौँः वामदेव गौतम >>   ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र >>   देशको खाद्य सुरक्षा कायम गर्न सरकार लागिपरेको छः मन्त्री परियार >>   क्रान्तीकारी विकास आजको आवश्यकताः हर्क साम्पाङ >>   ओलीले महाविधेशन पञ्चायतको गाँउ फर्क शैलीमा गर्न खोजिरहेका छन्ः उपाध्यक्ष पाण्डे >>   तन्त्रमन्त्र गरी दुःख दिएको भन्दै हत्या >>   संक्रमणकालीन न्याय प्रक्रिया टुंग्याउनु आजको प्रमुख आवश्यकताः गृहमन्त्री अर्याल >>   सुशासन कमजोर भए भ्रष्टाचार मौलाउँछः अध्यक्ष मगर
Logo
२२ मंसिर २०८२, सोमबार
२२ मंसिर २०८२, सोमबार

नेपालले काभा पुरुष यु–२० च्याम्पियनसिप खेल्दै


काठमाडौँ । नेपालको युवा टोलीले श्रीलंकमा हुने सेन्ट्रल एशियन भलिबल एशोसिएशन (काभा) पुरुष यु–२० च्याम्पियनसिपमा चुनौती प्रश्तुत गर्ने भएको छ ।

उक्त च्याम्पियनसिप अगामी असोज २० देखि २६ गतेसम्म श्रीलंकाको कोलम्बोमा हुँदैछ । सोही प्रतियोगितामा नेपालको युवा टोलीले प्रतिष्पर्धा गर्ने भएको छ । नेपाल भलिबल संघले बुधवार पत्रकार सम्मेलन आयोजना गर्दै उक्त सहभागिता जनाउने नेपाली टोलीको बिदाइ गरेको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ, नेपाल भलिबल संघको अध्यक्ष जितेन्द्रबहादुर चन्द्र, उपाध्यक्ष भरत शाह र मुख्य प्रशिक्षक जगदिश भट्टलगातयले मंगलवार टोलीको बिदाइ गरेका हुन् ।

नेपाली टोलीमा पहल गहतराज, सुरेश मल्ल, शैलेन्द्र यादव, सूर्य विक, अर्जुन नेपाली, विश्वास अधिकारी, सागर रसौली, अशोक राना, जितबहादुर कार्की, सुजन सुनार, रेसमन राहादी र दिनेश कुँवर छन् । प्रशिक्षक रमेश केसी र सहायक प्रशिक्षकमा लालबहादुर बटला, टिम म्यानेजरमा गणेशसिंह ठगुन्ना छन् ।

उक्त च्याम्पियनसिपमा नेपालसहित श्रीलंका, ताजकिस्तान, किर्गिस्तान, माल्दिभ्स र उब्जेकिस्तानले प्रतिष्पर्धा गर्दैछन् । यसअघि नेपालकै महिला टोलीले माल्दिभ्समा सम्पन्न काभा यु–२० महिला च्याम्पियनसिप खेलेको थियो । जहाँ नेपाली टोली तेस्रो भएको थियो ।


प्रकाशित मिति: १६ आश्विन २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?