Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

नेपालले काभा पुरुष यु–२० च्याम्पियनसिप खेल्दै


काठमाडौँ । नेपालको युवा टोलीले श्रीलंकमा हुने सेन्ट्रल एशियन भलिबल एशोसिएशन (काभा) पुरुष यु–२० च्याम्पियनसिपमा चुनौती प्रश्तुत गर्ने भएको छ ।

उक्त च्याम्पियनसिप अगामी असोज २० देखि २६ गतेसम्म श्रीलंकाको कोलम्बोमा हुँदैछ । सोही प्रतियोगितामा नेपालको युवा टोलीले प्रतिष्पर्धा गर्ने भएको छ । नेपाल भलिबल संघले बुधवार पत्रकार सम्मेलन आयोजना गर्दै उक्त सहभागिता जनाउने नेपाली टोलीको बिदाइ गरेको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ, नेपाल भलिबल संघको अध्यक्ष जितेन्द्रबहादुर चन्द्र, उपाध्यक्ष भरत शाह र मुख्य प्रशिक्षक जगदिश भट्टलगातयले मंगलवार टोलीको बिदाइ गरेका हुन् ।

नेपाली टोलीमा पहल गहतराज, सुरेश मल्ल, शैलेन्द्र यादव, सूर्य विक, अर्जुन नेपाली, विश्वास अधिकारी, सागर रसौली, अशोक राना, जितबहादुर कार्की, सुजन सुनार, रेसमन राहादी र दिनेश कुँवर छन् । प्रशिक्षक रमेश केसी र सहायक प्रशिक्षकमा लालबहादुर बटला, टिम म्यानेजरमा गणेशसिंह ठगुन्ना छन् ।

उक्त च्याम्पियनसिपमा नेपालसहित श्रीलंका, ताजकिस्तान, किर्गिस्तान, माल्दिभ्स र उब्जेकिस्तानले प्रतिष्पर्धा गर्दैछन् । यसअघि नेपालकै महिला टोलीले माल्दिभ्समा सम्पन्न काभा यु–२० महिला च्याम्पियनसिप खेलेको थियो । जहाँ नेपाली टोली तेस्रो भएको थियो ।


प्रकाशित मिति: १६ आश्विन २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?