Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

एभरेस्ट महिला भलिबलः कर्णाली एसभिएस तेस्रो खेलमा पनि अपराजित


काठमाडौँ । कर्णाली एसभिएसले ललितपुर क्विन्सको अपराजित यात्रा कायम गर्दै जारी एभरेस्ट महिला भलिबल लिगमा तेस्रो जित निकालेको छ ।

अघिल्लो दुई खेलमा अपराजित टोलीको भेटमा कर्णाली एसभिएसले तेस्रो खेलमा पनि जित निकालेको हो । कर्णालीले ललितपुर क्विन्समाथि ३–० को सोझो सेटमा जित निकाल्दै अपराजित यात्रा कायमै राख्यो । यससँगै कर्णाली एसभिएसले ६ टोली सहभागी लिगमा तेस्रो जित निकाल्दै ८ अंक बटुल्दै शिर्ष दुईको दाबेदारी कायमै राखेको छ ।

यसअघि कर्णालीले मधेस युनाइटेडलाई ३–१ को सोझो सेटमा हराउँदा दोस्रो खेलमा गण्डकी थन्डर्समाथि ३–२ को संघर्षपूर्ण जित निकालेको थियो । तेस्रो खेलमा पनि कर्णाली एसभिएसले ललितपुर क्विन्सलाई २५–२२,२५–२२ र २९–२७ ले हराउककंदै बलियो टोलीको रूपमा उभियो । यो हारसँगै ललितपुर क्विन्सको तीन खेलबाट दुई जित र एक हारसककंगै ६ अंक जोडेको छ ।

यसअघि ललितपुर क्विन्सले पहिलो खेल काठमाडौं स्पाइकरलाई र मधेश युनाइटेडलाई समान ३–१ को सेटमा हराएको थियो । तेस्रो खेलमा पनि ललितपुर क्विन्सले कर्णालीलाई कडा चुनौती दिएपनि जित भने निकाल्न सकेन । तेस्रो सेटमा ११–१ को अग्रता जागाउन नसक्दा ललितपुर क्विन्सले ३–० को सोझो सेटमै नतिजा सुम्पिएको हो । ६ फ्रेन्चाइज टोलीमा काठमाडौं स्पाइकर, चितवन शक्तिले समान एक खेल जितेका छन् । गण्डकी र मधेश युनाइटेडले भने दुई खेल नै गुमाएका छन् ।


प्रकाशित मिति: १६ आश्विन २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?