Trending
>>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ >>   आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याउछौँः वामदेव गौतम >>   ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र >>   देशको खाद्य सुरक्षा कायम गर्न सरकार लागिपरेको छः मन्त्री परियार >>   क्रान्तीकारी विकास आजको आवश्यकताः हर्क साम्पाङ >>   ओलीले महाविधेशन पञ्चायतको गाँउ फर्क शैलीमा गर्न खोजिरहेका छन्ः उपाध्यक्ष पाण्डे >>   तन्त्रमन्त्र गरी दुःख दिएको भन्दै हत्या >>   संक्रमणकालीन न्याय प्रक्रिया टुंग्याउनु आजको प्रमुख आवश्यकताः गृहमन्त्री अर्याल >>   सुशासन कमजोर भए भ्रष्टाचार मौलाउँछः अध्यक्ष मगर
Logo
२२ मंसिर २०८२, सोमबार
२२ मंसिर २०८२, सोमबार

एभरेस्ट महिला भलिबलः कर्णाली एसभिएस तेस्रो खेलमा पनि अपराजित


काठमाडौँ । कर्णाली एसभिएसले ललितपुर क्विन्सको अपराजित यात्रा कायम गर्दै जारी एभरेस्ट महिला भलिबल लिगमा तेस्रो जित निकालेको छ ।

अघिल्लो दुई खेलमा अपराजित टोलीको भेटमा कर्णाली एसभिएसले तेस्रो खेलमा पनि जित निकालेको हो । कर्णालीले ललितपुर क्विन्समाथि ३–० को सोझो सेटमा जित निकाल्दै अपराजित यात्रा कायमै राख्यो । यससँगै कर्णाली एसभिएसले ६ टोली सहभागी लिगमा तेस्रो जित निकाल्दै ८ अंक बटुल्दै शिर्ष दुईको दाबेदारी कायमै राखेको छ ।

यसअघि कर्णालीले मधेस युनाइटेडलाई ३–१ को सोझो सेटमा हराउँदा दोस्रो खेलमा गण्डकी थन्डर्समाथि ३–२ को संघर्षपूर्ण जित निकालेको थियो । तेस्रो खेलमा पनि कर्णाली एसभिएसले ललितपुर क्विन्सलाई २५–२२,२५–२२ र २९–२७ ले हराउककंदै बलियो टोलीको रूपमा उभियो । यो हारसँगै ललितपुर क्विन्सको तीन खेलबाट दुई जित र एक हारसककंगै ६ अंक जोडेको छ ।

यसअघि ललितपुर क्विन्सले पहिलो खेल काठमाडौं स्पाइकरलाई र मधेश युनाइटेडलाई समान ३–१ को सेटमा हराएको थियो । तेस्रो खेलमा पनि ललितपुर क्विन्सले कर्णालीलाई कडा चुनौती दिएपनि जित भने निकाल्न सकेन । तेस्रो सेटमा ११–१ को अग्रता जागाउन नसक्दा ललितपुर क्विन्सले ३–० को सोझो सेटमै नतिजा सुम्पिएको हो । ६ फ्रेन्चाइज टोलीमा काठमाडौं स्पाइकर, चितवन शक्तिले समान एक खेल जितेका छन् । गण्डकी र मधेश युनाइटेडले भने दुई खेल नै गुमाएका छन् ।


प्रकाशित मिति: १६ आश्विन २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?