Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
३० आश्विन २०८३, शुक्रबार
३० आश्विन २०८३, शुक्रबार

संसदीय समितिबाट प्रश्तावित प्रधानन्यायाधीश राउत र प्रश्तावित राजदुत यादवको नाम अनुमोदन


काठमाडौँ । संसदीय सुनुवाई समितिले प्रश्तावित प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको नाम अनुमोदन गरेको छ ।

बुधवार सिंहदरबारमा बसेको समितिको बैठकले प्रधानन्यायाधीशमा राउतको नाम अनुमोदन गरेको हो । बैठकपछि समितिका ज्येष्ठ सदस्य सभापति आनन्दप्रसाद ढुंगानाले सुनुवाई समितिले राउतको नाम सर्वसम्मत अनुमोदन गरेको बताएका छन् । गत भदौ ३१ गते बसेको संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश राउतलाई भावी प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो । प्रधानन्यायाधीशका लागि सुनुवाई समितिबाट अनुमोदन हुनुभएका राउत २०७१ साउन १७ मा सर्वोच्चमा न्यायाधीश नियुक्त भएका हुन् ।
समितिले आजको बैठकबाटै अस्टेलियाका लागि प्रश्तावित राजदुत चित्रलेखा यादवको नाम पनि अनुमोदन गरेको छ ।

समितिका ज्येष्ठ सदस्य सभापति ढुंगानाले भने, ‘संवैधानिक परिषद्को मिति २०८१ भदौ ३१ को निर्णय र नेपाल सरकार मन्त्रीपरिषद्को मिति भदौ २४ गतेको निर्णय बमोजिम नेपालको प्रधानन्यायाधीश र अस्टे«लियाका लागि नेपाली राजदुत पदमा नियुक्तिका लागि सिफारिस हुनुभएका प्रधानन्यायाधीशमा प्रकाशमान सिंह राउत र राजदुतमा चित्रलेखा यादवको नाम संघीय संसदको संयुक्त बैठक र संयुक्त समितिको सञ्चालन नियमावली ८० को नियम २६ को उपनियम ५ बमोजिम अनुमोदन भएको जानकारी गराउँछु ।’

अनुमोदित प्रधानन्यायाधीश र राजुदतलाई अब राष्ट्रपतिले नियुक्त गर्नेछन  ।


प्रकाशित मिति: १६ आश्विन २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?