Trending
>>   रवि लामिछानेको अभियोगपत्र संशोधनसम्बन्धी मुद्दा ‘हेर्दाहेर्दै’ मा मंगलबारका लागि सारियो >>   विश्वविद्यालयमा तालाबन्दी अन्त्य र ‘सेन्ट्रल स्कलरसिप पोर्टल’ नेविसंघको नयाँ एजेण्डा >>   नेपाली चलचित्र पहाडको ‘मोहनी लगाउने’ सार्वजनिक >>   रवि लामिछाने विरुद्ध मुद्दा फिर्ता गर्ने निर्णयसम्बन्धी रिटमाथि आज सर्वोच्च अदालतमा बहस हुँदै >>   पुरानै राजनीतिक संस्कार बोकेर हिँड्यौँ भने जनताले पाँच वर्ष भन्दा टिक्न दिँदैनन्ः सांसद पोखरेल >>   शिक्षामा ५५ बुँदे सुधार र वडा तहमा बजेटको विकेन्द्रीकरण, वडा अध्यक्षहरूलाई शक्तिशाली बनाइयो : मेयर… >>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर)
Logo
१० चैत्र २०८२, मंगलवार
१० चैत्र २०८२, मंगलवार

डुंगा नहुँदा उद्धार गर्न धेरै दुःख भयो, पाँच वटा डुंगा किन्छौँः मेयर महर्जन


मेयर महर्जन

ललितपुर। ललितपुर महानगरपालिकाले पाँच वटा डुंगा किन्ने भएको छ ।

सिंहदरबारमा स्वास्थ्य तथा जनसंख्यामन्त्री र खानेपानीमन्त्रीसँगको छलफलका क्रममा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले हालैको बाढी र डुबानमा डुंगा नहुँदा धेरैको उद्धारमा समस्या परेको भन्दै अब महानगरपालिकाले ५ वटासम्म डुंगा किनेर राख्ने बताएका छन् । उनले जलवायु परिवर्तनका कारण अतिवृष्टि र अनावृष्टिको सम्भावना कुनैपनि बेलामा रहनसक्ने भन्दै आगामी दिनमा उद्धार र राहत कार्यमा समस्या हुन नदिन डुंगा किनेर राख्ने जानकारी गराएका छन् ।

उनले बाढीका कारण वागमतीमा धेरै जनावरहरु बगेको र चोभारमा अड्किएकाले त्यहीँ खाल्डो खनेर व्यवस्थापन गर्न पहल गरिरहेको बताउदै विपद्जन्य घटनामा राहत र उद्धारका लागि वडाअध्यक्षलाई पूरा अधिकार दिएको जानकारी गराएका छन् ।

उनले भने, ‘पानी जहाँबाट ल्याएपनि पियुस र अन्य ट्याब्लेटहरु राखेर प्युरिफाइ नगरी पानी नदिनु भनेको छ । पानी दिएर पनि दायाँबायाँ भयो भने महानगरपालिकालाई भक्कुमार गाली गर्छन् । पानीको सन्दर्भमा समस्या हत्पति समाधान हुँदैन । धेरै समय लाग्छ । उहाँहरुले भनेअनुसार नै ६ हप्ता लाग्छ । जनावरहरु बगाएर लग्दा चोभारबाट बाढी निस्केन, त्यही रह्यो, त्यहाँ हाइलीपोलुटेड भइसकेको छ । त्यसैले दुई वटा जेसिबी लगाएर त्यहीँ खाल्डो खनेर पुर्नका निम्ति भनिसकेको छु । स्थानीय वडाहरुलाई अधिकार दिएका छौँ । वडा अध्यक्षलाई पूरा अधिकार सम्पन्न गरेका छौँ। त्यहाँ कोही पनि भोका नाङ्गा नहुन् भनेर भनेका छौँ । जेसिबी र डोजर हायर गर्नेसम्मको अधिकार दिएका छौँ । पानी सप्लाइ भएको भए अरु कुरामा समस्या हुँदैन थियो । हाम्रो २९ वटै वडामा भोलिन्टियरहरु छन्, भएर पनि काम नहुँदो रहेछ यस्तो अवस्थामा अब हामी केही नभएपनि ४÷५ वटा डुंगा पनि किनेर राख्छौँ । किनभने मनसुन भनेको नेपालमा १६ सय मिलिमिटर पानी पर्छ वर्षमा । वर्षैपिच्छे मनसुनले बिगार गरेको हामीले देखेका छौँ । यो पटक हामीले डुंगा नभएर साह्रै दुःख पायौँ । अर्को पटक डुंगा नभएर दुःख नपाऔँ । त्यसको निमित्त चाहिने किसिमको व्यवस्थापन हामी गर्छौं । ’

मेयर महर्जनले नगरवासीको समस्या समाधानमा महानगरपालिका लागिपरेको र विपद्का घटनाहरुको समस्या समाधान गर्न बजेटको अभाव भए वडास्तरीय विकास योजना कट्टा गर्न वडालाई आग्रह गरिसकेको बताएका छन् ।


प्रकाशित मिति: १६ आश्विन २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?